जनकपुरधाम,। कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
निषेधाज्ञा गर्ने विषयमा आज जिल्ला संकट व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकले जनकपुरसहित जिल्ला भरि निषेधाज्ञा जारी गर्ने विषयमा निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।
हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । दैनि १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।
सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved