Siraha Times
ताजा समाचार

सिरहाका प्राइभेट स्कूलका सँचालकहरुले सरकारी निर्णयलाई धज्जिया उडाउँदै स्कूल सँचालनमा राखेका छन्

  • वैशाख १३, २०७८
  • १५७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सबिन यादव , सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका प्राइभेट स्कूलका सँचालकहरुले सरकारी निर्णयलाई धज्जिया उडाउँदै स्कूल सँचालनमा राखेका छन् । सिरहा जिल्लाको विभिन्न स्थानमा रहेको नीजि विद्यालयहरुले सिडिओको आदेशलाई अवज्ञा गरी अटेरी गर्दै विद्यालय अझै सँचालनमा राखेका छन् । स्थानीय प्रशासनले कोभिड १९ लाई मध्यनजर गर्दै तत्काल विद्यालयहरु बन्द गरी अनलाईन क्लास सँचालन गर्न निर्देशन दिएपनि स्कूलबालाहरुले अटेरी गरेका छन् । निजी विद्यालयहरुले वार्षिक शुल्क उठाउन सरकारी निर्णयलाई बेवास्ता गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् ।

कोरोना संक्रमण बढदै गएपछि सरकारले निजि तथा सरकारी बिधालय बन्द गरन निर्देश दिएपनि स्वास्थ्य मापदण्डको पालना नै नगरी विद्यालय निर्वाध सँचालनमा राखेका छन् । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण पुनः तिव्र गतिमा फैलिरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय तथा कलेजहरुलाई वैशाख १३ गते भित्र परीक्षा लिइसक्न र वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर सो निर्णयलाई बेवास्ता गर्दै यस क्षेत्रका निजी विद्यालयहरुले बार्षिक शुल्क उठाउने बहानामा परीक्षा सञ्चालन गरिरहेका छन् । छिमेकी मुलुक भारतमा कोरोनाको बिकराल रुप भएपछि सँगै रहेको नेपालको सीमा क्षेत्रमा यसका अधिक प्रभाव पर्ने भन्दै प्रशासनले बैशाख महिनाभरिसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । कोरोनाको चेन तोडनको लागि केही दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१