बैशाख ११ गते । धनुषाको शहिदनगर नगरपालिकामा जेष्ठ नागरिक शिविर तथा निस्शुल्क औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ ।
शहिदनगर नगरपालिकाको वडा न।२ चोराकोयलपुरको पुरानो हेल्थ पोष्ट भवनको प्राङ्गणमा भएको कार्यक्रममा आज जम्मा २४९ जना जेष्ठ नागरिकलाई अमलाचुन,महानारायण तेल,रसगन्धा चुन,योगराज गुगुल लगायत १० किसिम जडिबुटि मिसिएको औषधि वितरण गरेको डा।अनिल कुमार झाले जानकारी दिए ।
साथै आरोग्य सेवा क्लिनिक उदघाट्न समेत भएको थियो । प्रत्येक महिनाको पहिलो र अन्तिम हप्ताको विहिवार उक्त शिविर संचालन हुनेछ । जेष्ट नागरिक शिविर तथा औषधि वितरणमा वडा अध्यक्ष जैसीलाल भिनवारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रबण बरबरिया यादव बिशिष्ट अतिथि जिल्ला आयुर्वेद प्रमुख, ईलाका आयुर्वेदका अनिल झा, गंगा प्रसाद बिरला तथा अतिथिहरु वडा सदस्यहरु लगायत समाजसेवी बुद्धिजीवी शिक्षकहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा आयुर्वेदको महत्त्व तथा वडा अध्यक्ष तथा शहिदनगर नगरपालिकाका नगर प्रमुखको बिशेष पहलमा संचालन भएको क्लिनिक सेवाले जेष्ठ नागरिक लगायत सम्पुर्ण वडाबासीहरु खुशी व्यक्त गर्दै उहाँहरुको कार्यको सराहना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved