विनोद मण्डल वैशाख ८ ।उदयपुरमा मानव कंकाल फेला परेको छ । रौतमाई गाउँपालिका ७ मा पर्ने नवज्योति वनको हिले खोल्सिमा घाँस काट्न गएको मानिसहरूले शुक्रवार मानवको कंकाल देखेपछि प्रहरीमा खवर गरेका थिए । घटना शंखास्पद भएकोले प्रहरीले शुक्षम अनुसन्धान शुरु गर्यो घटना स्थलबाट चुरा, पोते ,ढुङ्गा, र छोरा मान्छेले लगाउने टोपी फेला परेको छ ।प्रहरीले रौतामाई ७ बस्ने पवन अछामेको २४ वर्षिय राजु अछामेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेद प्रशाद गौतमले बताउनुभयो । जंगलमा भेटिएको कंकाल २७ वर्षिय मधेशी मुलकी मागी खाने महिलाको भएको र राजुले ती महिलालाई जबर्जस्ती करणी पछि जंगलमा कोही नभएको बखत ढुङ्गाले हानेर मारेको अनुसन्धानबाट खुलेको छ यस्ता अनुसन्धान सहज तरिकाले खुल्छ र दोषी पत्ता लाग्छ तर पछिम नवलपरासिको प्रतापपुर गाउँपालिका ७ की मालती कोइरीकाे लास र सास हालसम्म अज्ञात रहनु चिन्ताको बिषय बनेको छ ।यो फोटो इन्टरनेट बाट लिएको हो
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved