विष्णुदेव सरदारसिरहा / बैशाख-८ गते बुधबार। प्रदेश न. २ सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिकाले ४ वर्ष अघि नै लाखौं रकम खर्च गरेर किनेको २ थान जेनेरेटर इलाका प्रहरी कार्यालयमा थन्किएको अवस्था छ। जेनेरेटर एक दिन समेत प्रयोगमा नल्याएर उक्त जेनेरेटर खरिद गरेर ल्याएको दिन देखि नै हनुमाननगरको इलाका प्रहरी कार्यालयको खुल्ला आकाशमुनी चौरमा थुपारेर जिर्ण अवस्थामा राखेको छ।
अर्थात यसको अर्थ प्रष्ट बुझिन्छ कि यो जेनेरेटर खरिद कमिशनको लागि मात्र गरिएको थियो । यसरी जनताको विकासको लागि उपयोग हुनुपर्ने रकम पुर्णरुपमा भ्रष्टाचारी एवंम भ्रष्टाचारको पालन पोषणमा खर्चिनु निन्दनीय अपराध हो । यस्तो कैयौं घटनाहरु अझै हामी नगरवासी सामु सार्वजनिक गर्ने छौँ भन्ने भनाई क. राहुल मण्डलको भनाई रहेको छ। मण्डलका अनुसार यस्ता भ्रष्टाचारहरुलाई फुलका माला लगाऊ कि अरु के? सल्लाह र प्रतिक्रिया दिन जनतालाई आग्रह गर्नु भएको छ। यस्तो रवैयाले सामाज विकास हुन सक्दैन । विकास कार्यलाई तिव्रता दिन नगरपालिकाले सबै पक्ष मिलेर अघि बढेमात्र विकासले गति लिन सक्ने क. राहुल मण्डलको जिक्र रहेको छ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved