Siraha Times
ताजा समाचार

जनकपुरमा आजदेखि आंशिक लकडाउन, हाटबजार दैनिक २ सिफ्टमा ६ घण्टा मात्र खुल्ने

  • वैशाख ८, २०७८
  • १०७० पटक पढिएको
  • रामएकवाल राम
alt

प्रदेश नं २ स्थित जनकपुरमा आजदेखि आंशिक लकडाउन शुरु भएको छ । कोरोना माहामारीको दोस्रो चरण तिब्र गतिमा फलिदै गएकोले आजदेखि जनकपुरमा आंशिक लकडाउन गर्ने निर्णय प्रशासनले गरेको हो ।

प्रशासनको निर्देशनमा आजदेखि जनकपुर सहित धनुषा जिल्लाभरिको हाट, बजार र पसलहरु दैनिक दुई सिफ्टमा ६ घण्टा मात्र खुल्ने छ ।

मंगलबार बसेको जिल्ला सँकट व्यवस्थापन समिति धनुषाको बैठकले भीडभाड नियन्त्रण गर्न बिहान ७ बजेदेखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ७ सम्म मात्र हाटबजार तथा पसल खोल्न दिने निर्णय गरेको हो ।

जनकपुरधाम - सेवाग्राहीहरुको अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरुमा भीडभाड कम गरी संक्रमण जोखिम न्युनिकरण गर्न अनलाइन लगायतका अन्य वैकल्पिक प्रणालीको उपयोग गर्ने, स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गर्ने, नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

विद्यालय, क्याम्पसलगायत शिक्षण संस्थाको सम्बन्धमा नेपाल सरकारको बैशाख ६ गतेको निर्णयमा आधारित भई संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

1-5

धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएको हुनाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी संचालनमा ल्याउने तथा आवश्यकता अनुसार होल्डीङ सेन्टरको व्यवस्था गर्ने जनाएको छ ।

2-2

यो निर्णय बुधबार बिहानदेखि लागू हुने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।यी समयलाई उलँघन गरेको वा नगरेको सम्बन्धमा सम्बन्धित स्थानीय तह तथा प्रहरीले अनुगमन गर्ने निर्देशन समेत दिएको हो ।

बैठकले गरिव, विपन्न, श्रमिक, मजदुर, ज्येष्ठ नागरिकलाई निशुल्क मास्कवितरणको अभियानका लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, गैसस, धार्मिक, सामाजिक र परोपकारी संघसंस्थाहरुलाई अनुरोध गर्ने तथा बजारमा मास्क, सेनिटाइजर, कोभिड-१९ मा प्रयोग हुने औषधीहरु सहुलियतपूर्ण दरमा उपलब्ध गराउने, कालोबजारी र अभाव हुन नदिन उद्योग वाणिज्य संघ धनुषा र नेपाल केमिस्ट ड्रग एशोसिएसनले संयोजन र समन्वय गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै पालिकाहरुमा आइसोलेशन निर्माण निर्माण गर्ने निर्देशन दिएको छ । उपमहानगरपालिकामा कम्तिमा ३० बेड, नगरपालिकामा २० र गाउँपालिकामा १५ बेडको आइसोलेशन बनाउन र क्वारेन्टाइन निर्माण गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१