वीरगन्ज : वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।
गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो। मुटुको दीर्घरोगी रहेका ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान पौने १ बजे संक्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।
डाक्टर दासका अनुसार उनी केहि दिन पहिले मात्रै भारतको दिल्लीबाट घर आएका थिए। कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ।
वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन्।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved