वीरगन्जमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु

  • वैशाख ७, २०७८
  • ११७७ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगन्ज : वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो। मुटुको दीर्घरोगी रहेका ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान पौने १ बजे संक्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

डाक्टर दासका अनुसार उनी केहि दिन पहिले मात्रै भारतको दिल्लीबाट घर आएका थिए। कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ। 
वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन्। 

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहाको सुखिपुरमा जस ...

ओम प्रकाश यादव लहान, माघ १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय कमिटी भेला सिरहा जिल्लाक ...

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१