भ्यागुते र चरचरेका खोप लगाऊ,पशु बचाउ नाराका साथ नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • वैशाख १, २०७८
  • १३३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार - लहान - बैशाख १ गते बुधबार। सिरहाको धनगडीमाई नगरपालिका - १२ सिमलटोकी दुर्गा मन्दिर परिसरमा सञ्चालित भ्यागुते र चरचरेका खोप लगाऊ, पशु बचाऊ नाराका साथ एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरका प्रमुख अतिथि वडा अध्यक्ष राजु श्रेष्ठ , अतिथिहरु जनचेतना ग्रामीण एकीकृत विकास केन्द्रका अध्यक्ष प्रकाश शर्मा , लायन्स युवा क्लबका अध्यक्ष विरेन्द्र कुमार महतो , लहान प्राविधिक शिक्षालयका उपप्रमुख दुलिचण्द चौधरी , नेपाल भेटनरी एसोसिएसनका कृषि प्रशिक्षक पशुपालन प्रदेश न. २ का सहसचिव डा. प्रदिप कुमार मण्डल , डा. मुकेशमनी सिँह , प्रशिक्षक विरेन्द्र कुमार यादव , स्थानीय नेता राम कुमार साह , रामस्वरुप सदा लगायत किसानहरुको उल्लेखनीय सहभागिता बिच कार्यक्रम सम्पन्न भएको थियो ।

पुर्व निर्धारित समय अनुसार हिजो चैत्र ३१ गते विहान ६:०० बजे देखि सञ्चालित शिविरमा १५०० पशुहरुलाई भ्यागुते र चरचरे रोगका नि: शुल्क खोप लगाइएको छ। खोपको अतिरिक्त जुक्काको औंषधी , पेचुवा साथै ४०० विरामी पशुलाई उपचार गरिएको हो। लायन्स युवा क्लब जनचेतना एकीकृत ग्रामीण विकास केन्द्र धनगडीमाई - १२ द्वारा आयोजित कार्यक्रममा अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले यो शिविरले समाजमा सकारात्मक सन्देश दिने बारे बोलेका थिए। कार्यक्रममा परिक्षार्थी डाक्टरहरु ४ वटा समूह (टोली) बनाई पशुहरुको उपचार सञ्चालन गरिएको थियोे । भने काशिराम खड्काको कालो गोरुलाई डा. मुकेशमनी सिँहले खोप लगाई उदघाटन गरेको थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन लायन्स युवा क्लब सिमलटोकीले मिलाइएको अध्यक्ष विरेन्द्र यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१