जनकपुरधाम - तराई मधेशको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत सुरु भएको छ ।पर्वको पहिलो दिन अर्थात् आज तरार्ई मधेशका जिल्लाहरूमा सतुवाइन मनाइँदैछ । यस पर्वमा आजको दिन घर-घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ ।
आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । यो पर्व दुई दिनसम्म मनाइन्छ ।
आजदेखि एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ । बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारी पानी हालिन्छ ।गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । यो विधि एक महिनासम्म जारी रहन्छ ।
सतुवाइन पर्वको भोलिपल्ट मधेशमा जुडशीतल पर्व मनाउने चलन छ । आज राति तयार पारिएका खाद्यान्नका परिकारहरू तरुवा, बडी, कडही र विभिन्न प्रकारका तरकारी खाइन्छ र केही बासी राखी जुडशीतलका दिन नुहाइ घरकी मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकामा राखेर सबै जनाले खाने चलन छ ।
यसका साथै नयाँ वर्षमा अम्खोरा, गाग्री, कलशलगायतका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरूको टाउँकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामनासहित आशिर्वाद दिने चलन छ । बिहीबार विधिवत रूपमा सिरुवा पर्व समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved