मधेशमा आज सतुवाइन, भोलि जुडशीतल

  • वैशाख १, २०७८
  • ४९५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - तराई मधेशको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत सुरु भएको छ ।पर्वको पहिलो दिन अर्थात् आज तरार्ई मधेशका जिल्लाहरूमा सतुवाइन मनाइँदैछ । यस पर्वमा आजको दिन घर-घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ ।

आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । यो पर्व दुई दिनसम्म मनाइन्छ ।

आजदेखि एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ । बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारी पानी हालिन्छ ।गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । यो विधि एक महिनासम्म जारी रहन्छ ।

सतुवाइन पर्वको भोलिपल्ट मधेशमा जुडशीतल पर्व मनाउने चलन छ । आज राति तयार पारिएका खाद्यान्नका परिकारहरू तरुवा, बडी, कडही र विभिन्न प्रकारका तरकारी खाइन्छ र केही बासी राखी जुडशीतलका दिन नुहाइ घरकी मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकामा राखेर सबै जनाले खाने चलन छ ।

यसका साथै नयाँ वर्षमा अम्खोरा, गाग्री, कलशलगायतका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरूको टाउँकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामनासहित आशिर्वाद दिने चलन छ । बिहीबार विधिवत रूपमा सिरुवा पर्व समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१