विभिन्न मांग सहित पिछडावर्ग ओविसी महासभा साप्ताहि धर्नामा

  • चैत ३०, २०७७
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार - सिरहा / चैत्र-३० सोमबार। आज जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नागरिकता लगायत ९ बुँदे मांग राख्दै ओविसी महासभाले धर्नामा बसेका छन। आज पछडावर्ग ओविसी महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा परिसरभित्र धर्ना दिइएको केन्द्रीय सदस्य भरथ साहले बताए । जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने साथै पिछडावर्ग ओविसी आयोग गठन गर्नुपर्ने लगायत ९ बुँदे मांग सहित अोबिसी गत २१ गतेबाट धर्ना कार्यक्रम उत्रिएका छन।

प्रदेश न. २ का अस्थायी राजधानी जनकपुर-धाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओबिसी महासभाले विभिन्न चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक समेत गरेको छ। धर्ना कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईन्दु सिँह , सहसचिव नागेन्द्र सिँह , सहकोषाध्यक्ष दिपलाल महतो , केन्द्रीय सदस्यहरु पवन साह लहेरी , मिना ठाकुर , भरथ साह लगायत प्रदेश न. २ का अध्यक्ष प्रमेश्वर महतो , उपाध्यक्ष तेजनारायण यादव , कोषाध्यक्ष उर्मिला महतो , त्यसैगरी धनुषा जिल्ला अध्यक्ष श्रवण महतो , उपाध्यक्ष सगमलाल राउत , महोत्तरी जिल्ला सचिव सुरेन्द्र कुमार महतो लगायत उल्लेखनीय सहभागीता बिच धर्ना कार्यक्रम गरिएको हो । करोनाको जोखिमलाई ध्यानमा राखेर आन्दोलन एवंम धर्ना कार्यक्रम गरिएको हो । भिडभाड नहुने गरी र आवश्यक स्वास्थय सतर्कता अपनाएर आन्दोलनका कार्यक्रम गरिएको हो । यो भन्दा पहिला ओविसी महासभाले सिरहा , महोत्तरी , सर्लाही र रौतहटमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको थियोे ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१