विसुन देव सरदार- लहान / चैत्र ३० गते सोमबार। ईन्जिनियरिङ क्षेत्रमा बढदो बिकृती र राजनैतिक हस्ताछेप अन्तको निमित्त । ईन्जिनियरिङ पेशा आफैमा मर्यादित र ईज्जतदार पेशा हो तर हालको अवस्था हेर्दा किचिलो र अमर्यादित बन्दै गएको छ जहाँ ईन्जिनियर भन्दा ८ कलास फेलको हस्तछेप बढ्दो छ आज ४ बर्ष खर्चेर आएका ईन्जिनियर र स्कुलको मुखै नदेखाकाले चलाउनु आफैमा अपमानित बिषय हो तसर्थ ने.अ.न आउन जरुरी छ । आजको युगमा युवा पुस्ताको नेतृत्व अहम भएकोले । आज २१ औ शताब्दीमा उहीँ पुरानै र हैकमवादी सोचले बिकाशउनमुख र विकसित मुलुकको सपना देखनु भनेको दिवा सपना देख्नु झै हो । तसर्थ ने.अ.न एकमात्र संस्था हो जहाँ न कसैको हैकमवादी छ न पुराना सोच युवा पिढी जोश जागरका साथ अगाडि बढेका एक ईमानदार र सक्छम ईन्जिनियरहरुको साझा संस्था हो ।
सरकारी, गैरसरकारी, निजि संघ संस्थामा कार्यरत ईन्जिनियरहरु पर्ती बढदो दुर्ववहार अन्तको निमित्त । सरकारी, गैरसरकारी र निजि संघ संस्थाहरुमा कार्यरत ईन्जिनियरहरु माथी दिनप्रतिदिन दुर्ववहार बढदै गएको छ त्यसको निमित्त हाम्रो ने.अ.न ले युवा फोर्स गठन गरेका छौ र हाम्रो ने. अ. न. हरदम र हरपल तेस्ता बिकृती चिर्न तत्पर रहने छ । नयाँ अध्यन अनुसंधान र नयाँ प्राविधिक आविस्कारको निमित्त । नयाँ अध्यन अनुसंधानको लागि रिसर्च सेन्टर स्थापनाको पहल गर्ने र गराउने । ईन्जिनियरिङ क्षेत्रमा नयाँ रोजगारीका अवसरहरु सिर्जनाको निमित्त । बढ्दो बेरोजगारीलाई मध्य नजर गर्दै ईन्जिनियरिङ क्षेत्रमा थप बिकाश, कलकारखाना र बिपद बेवस्थापनको स्थापन गर्न दबाब सिर्जना गर्ने र हरेक क्षेत्रमा ईन्जिनियरहरु समाबेश गराउने तसर्थ ने. अ. न लाई जिताउने ।
ईन्जिनियरिङ क्षेत्रमा ईन्जिनियरहरुको सेवा सुविधा समयानुकुल अभिबृदी गराउनको निमित्त । ईन्जिनियरहरुले खाईपाई आएका दुर्गम भत्ता र सेवा सुबिधा सुचारु गर्न दबाब सिर्जना गर्ने समयानुकुल सेवा - सुविधा अभिबृदी गराउने । ईन्जिनियरिङ शिक्षाको गुणस्तरता अभिबृदी र प्रयोगात्मक शिक्षाको निमित्त । ईन्जिनियरिङ शिक्षाको गुणस्तरीयता अभिबृदी र प्रयोगात्मक शिक्षा लागू गर्न गराउन ने.अ.न.ले जोरदार माग गर्ने छन । तसर्थ ने.अ.न. आउन जरुरी छ ।
ईन्जिनियरिङ अध्यन सकेर आएका नयाँ ईन्जिनियर साथीहरूलाई निशुल्क कार्य अभिबृदि तालिमको बेवस्थाको निमित्त । नेपाल, ईन्डिया तथा अन्य देशबाट ईन्जिनियरिङ अध्यन सकेर आएका निमित्त ने.अ.न. को बर्चस्व रहेका प्रदेशमा निशुल्क कार्य अभिबृदी तालीमको बेवस्था मिलाउने र ने. अ.न. को बर्चस्व नरहेको प्रदेशमा सम्वन्यन गर्ने र गराउने । राष्ट्रिय स्तरका योजनाहरुमा ईन्जिनियरको प्रत्यक्ष भुमिका रहनको निमित्त । राष्ट्रिय स्तरका योजनाहरुमा ईन्जिनियरलाई प्रत्येक्ष भुमिकामा राखन सरोकारवाला सङ दबाब सिर्जना गर्दै समोन्यन गर्ने तसर्थ ने.अ.न. नै चाहिने । जय ने.अ.न । जय ईन्जिनियर । ई. तेजनरायण यादब प्रदेश अध्यक्ष नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल, प्रदेश न. २ उमेदवार : कोषाध्यक्ष (क्रमशः १)
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic