विराटनगर । लगातार दुई पटक अवरुद्ध भएको प्रदेश १ को प्रदेशसभाको सोमवारको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् ।
प्रदेश सरकारले ल्याएको आर्थिक वर्षको ०७७\७८ को बजेट र कार्यक्रमको कार्यान्वयनको सुनिश्चितता माग गर्दै विपक्षी दलका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।सातौं तथा हिउँदे अधिवेशनको सोमवारको सातौं बैठकमा नेपाली कांँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले उभिएर अवरोध गरेपछि बैठक ०७८ साल बैशाख ५ गते आइतवार १ बजे सम्मका लागि स्थगित गरिएको छ ।
लगातार दुई पटक प्रदेशसभा बैठक अवरुद्ध भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री शेरधन राईसहितको सर्वदलीय बैठक बसेको थियो ।सर्वदलीय बैठक पछि प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना महामारीका कारण बजेट विनियोजन प्रभावित भएकाले प्रदेश सरकार बजेटबारे छलफल गर्न तयार रहेको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले भने प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने आफुहरुको माग रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved