Siraha Times
ताजा समाचार

कल्याणपुर नगरपालिकामा वडाअध्यक्षद्वारा तालाबन्दी

  • चैत ३०, २०७७
  • २८९० पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा / ३० गते चैत्र , सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा अाज तालाबन्दी गरेकाे हाे । कल्याणपुर नगरपालिकाका बहुमत कार्य पालिका सदस्य लगायत वटा ९ वडाका वडाअधयक्षहरूले तालाबन्दी गरेकाे हाे ।

कल्याणपुर नगरपालिकाका व्यापक अनियमितताकाे छानवि समेत गरि ८ वडा माग राख्दै तालाबन्दी गरिएको हाे । तालाबन्दी गर्ने क्रममा जनता समाजवादी पार्टी र नेकपा का वडा अध्यक्षहरू लगायत ८वटा वडाअध्यक्षका संयुक्तरूपमा तालाबन्दी गरेकाे हाे ।तालाबन्दी गर्ने क्रममा कल्याणपुर नगरपालिकाका वडा नम्बर ३ अध्यक्ष अशोक मण्डलले मेयर र प्रमुख प्रशासकिय अधिकृत काे मिलाेमताेमा कार्य पालिकालाई जानकारी नदिई विभिन्न याेजनाहरू कमिसन लिई काङ्ग्रेस का कार्यकर्ताहरूलाई संचालन गर्न अाफुखुसि बाडकाे बताएका छन ।

Kalyanpur

कल्याणपुर नगरपालिका वडा नम्बर ५ का दिपेन्द्र बरबरिया यादबले मेयरले कमिसन लिई याेजना बितरण गररहेकाे छ जुन स्थानीय एन संचालन विपरीत गरेकाे अाराेप लगाएकाे हाे ।कल्याणपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेन्द्र साहले ९ महिना देखि समाजिक सुरक्षा भता वितरण नगरेकाेले अाफुहरू पटकपटक जानकारी दिदासमेत वास्ता नगरेकाेले तालाबन्दी गरेको बताउनु भयाे ।

तालाबन्दी गरेसँगै प्रेस विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक नै नबसि अपारदर्शी तरिकाले गरेकाे अवैधानिक कर्मचारी लाई खारेज, पाेखरि ठेक्कामा गरिएको अनियमितता लाई पार्दशी गर्नुपर्ने , अधिकृतले अाफुखसि बाडेकाे याेजनाहरूकाे बदरगरि कार्यपालिकाकाे निर्णय अनुसार गर्नुपर्ने ,वडा अध्यक्ष हरूकाे जानकारी विना नगर स्तरिय याेजनाकाे उपभोक्त समिति प्रक्रिया राेक्नु पर्ने लगायतका माग राखी कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेकाे हाे ।

प्रेस विज्ञप्तिमा ८ वटा वडा अध्यक्ष र कार्य पालिका सदस्य ७ जना गरि जम्मा १५ जनाले  तालाबन्दी गर्नेमा  सहभागी रहेकाे छ। कल्याणपुर नगरपालिका मा १२ वडाहरू रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१