ताजा समाचार

कास्की र धनुषामा पत्रकार महासंघको नेतृत्वमा महिला

  • चैत २६, २०७७
  • १४६९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - बुधबार भएको पत्रकार महासंघको निर्वाचनमा धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजयी भएका छन् ।

कास्कीमा विमला भण्डारी १७४ मत र धनुषामा मनिका झा ५० मत ल्‍याएर महासंघको जिल्ला शाखा अध्‍यक्षमा विजयी भएका हुन् ।मनिकाले पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्‍यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् ।

प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको निवर्तमान उपाध्यक्ष समेत रहेकी भण्डारी १७४ मतका साथ विजयी भएकी हुन् ।नेपाली काँग्रेस निकट प्रेस यूनियनको नेतृत्व गरेकी उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर र नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव नेपाल समूहको प्रेस चौतारी लगायतका संगठनहरुको गठबन्धनको उमेदवार भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤