प्रेस संगठन, चाैतारी र युनियनका साझा उम्मेदवारलाई हराउँदै सिरहामा प्रेस मञ्चका मनोज यादव विजयी

  • चैत २६, २०७७
  • १२४७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा - नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्षमा मनोज कुमार यादव (बनैता) विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ४५ मत ल्याएर यादव अध्यक्षमा विजयी भएका हुन् ।

यादवका प्रतिद्वन्द्वी हिरालाल चौधरीले ३८ मत पाए । यादव जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपालका हुन् भने चौधरी माओवादीनिकट प्रेस संगठनका हुन् ।चुनावी मैदानमा प्रेस मञ्चको प्यानल एक्लै र प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारी गठबन्धन गरेर उत्रेको थियो । त्यस्तै उपाध्यक्षमा गणेश प्रसाद साह ४३ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी जिबछ यादवले ३९ मत प्राप्त गरे । 

त्यस्तै महिला उपाध्यक्षमा रिंकुकुमारी दास ४२ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी यमुना खनालले ३६ मत प्राप्त गरेकी छिन् । सचिवमा ४२ मतसहित शिवदयाल यादव विजयी भएका छन् । अर्का सचिवका उम्मेद्वार शम्भु यादव ३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सहसचिव खुल्लामा ४५ मतसहित राजेन्द्र महतो, सहसचिव समावेशीमा ५२ मतसहित दुर्गा परियार, कोषाध्यक्षमा ४३ मतसहित विरेन्द्रप्रसाद नेपाल विजयी भएका छन् । खुल्ला सदस्यहरूमा ४६ मतसहित दिनेशकुमार दास, ४७ मतसहित वीरेन्द्र यादव, ५० मतसहित हरिभक्त लामा र ४८ मतसहित श्रीनारायण यादव विजयी भए ।

यस्तै समावेशी सदस्यमा ४८ मतसहित सुरेन्द्रकुमार कामती विजयी भए । उनका प्रतिद्वन्द्वी अनुरुद्ध ठाकुर २८ मत पाए । केन्द्रीय परिषद् सदस्यमा भने ५८ मतसहित चन्द्रदेव कामती, ५७ मतसहित डा. जयनारायण यादव र ६४ मतसहित दिनेशप्रसाद गुप्ताले जिते ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१