ताजा समाचार

भारतकाे सीतामाढीमा फेला परेका महोत्तरीका ७ किशाेरीलाई नेपाल ल्याइयो, थप अनुसन्धान पश्चात् मात्र परिवारको जिम्मा लगाउने

  • चैत १९, २०७७
  • ६८८ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुर- भारत बिहारको सीतामढीमा फेला परेका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशाेरीलाई नेपाल ल्याइएको छ ।

महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएको भंगहा नगरपालिका प्रमुख संजिव साहले बताए ।बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । प्रक्रिया पुर्याएर उनीहरुलाई नेपाल प्रहरीलाई भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि नेपाल ल्याइएको हो ।

यद्यपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा सहयोग गर्न भंगहाका मेयर साहको रोहबरमा उनीहरुलाई तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएका छन् । थप सोधपुछ र अनुसन्धान पश्चात् मात्र किशाेरीहरुलाई घर परिवारको जिम्मा लगाउने मेयर साहले बताए ।किशाेरीहरु अहिले प्रहरी कै जिम्मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤