ताजा समाचार

हराएका सातै जना बालिका तथा किशोरी भारतको सीतामढीमा भेटिए

  • चैत १८, २०७७
  • १२८५ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरीको – घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरीहरु भारतको सीतमढीमा भेटिएको भङ्गाहा नगरपालिकाका मेयर संजिव सिंहले दाबी गरेका छन्।

मङ्गलबार दिउँसो महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी बेपत्ता छन्।उनीहरु भारतको सीतामढीमा भेटिएको र नेपाल ल्याउने तयारी भइरहेको मेयर सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले हराइरहेकाहरु सबै सीतामढीमा भेटिएको अपुष्ट खबर प्राप्त भएको बताए। उनले खबर पाएलगत्तै नेपाल प्रहरीको टोली सीतामढी प्रस्थान गरेको बताए।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिनास कृष्णा पासवान, सीमास देवनन्दन पासवान, ज्योतिस बिसुन पासवान, रियास ज्ञानकुमार पासवान र रचनास अरविन्द पासवानका छोरी भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤