आज थप १६७ जनामा संक्रमण देखिँदा ११५ डिस्चार्ज, थप ३ जनाको मृत्यु

  • चैत १७, २०७७
  • ४३५ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ ।हालसम्म देशभर २२ लाख ६७ हजार ४०८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१