ताजा समाचार

साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

  • चैत १७, २०७७
  • १३२४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी बजेटमार्फत् सामाजिक सुरक्षा भत्ता बढाउने बताए ।प्रधानमन्त्री ओलीले कसैलाई आपत्ती भए पनि वृद्धभत्ता बढाउने ठोकुवा गरे ।

‘साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ती लाग्ला, लाग्न सक्छ । आपत्ती लाग्छ भने पनि सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी बढाइनेछ,’ उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बामपन्थी गठबन्धनले गत निर्वाचनमा वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने घोषणा गरेको थियो ।हाल वृद्धभत्ता मासिक ३ हजार रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤