होलीमा पानी ठानेर एसिड छ्याप्दा तीन जना घाइते

  • चैत १६, २०७७
  • ६४१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ - होली खेल्ने क्रममा झुक्किएर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

डेरीमा दूधको फ्याट चेक गर्न एसिड प्रयोग गर्दा रहेछन् । त्यही एसिडलाई पानी सम्झेर उनीहरुले छ्यापेछन् । दुई युवकसहित एसिडलाई सहजै पहुँचमा राख्ने डेरी सञ्‍चालकलाई पनि पक्राउ गरेका छौं,' एसएसपी सिंहले भने ।डेरी नवीन ग्राम विद्यालको घर भाडामा लिएर सञ्‍चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१