Siraha Times
ताजा समाचार

विकासका लागि सहयोगी हातहरु संस्थाको समुदघाटन

  • चैत १४, २०७७
  • १८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १४, चैत्र । “बिपत्तमा परेका मानिसको सहयोग गर्नु नै बास्तबिक समाजसेबा हो” मुल अभिप्रायको साथ स्थापना भएको विकासका लागि सहयोगी हातहरु नाम्क समाजिक संस्थाको आज विधिबत रुपमा समुदघाटन भएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर –११ सिरहाबाट स्थापना भई जिल्ला प्रशासन कार्यालय सिरहामा मिति २०७७ फल्गुन १३ गते बिधिवत रुपमा दर्ता भई शनिवार बाट संस्था सम्पुर्ण कार्यको सुभारम्भ भएको संस्थाका अध्यक्ष महेश सेन्चुरीले बताएका छन् ।

लहान नगरपालिका वडा नम्बर– १५ मा रहेको राजदेबी पञ्चाबती मन्दिरको प्राङ्गनमा आज एक औपचारीक कार्याक्रमको आयोजना गरी संस्थाका बरिष्ठ सल्लाहकार एवम् समाजसेबी राजकुमार विश्वकर्माको प्रमुख आतिथ्य र वडा नम्बर– १५ का वडा अध्यक्ष तेजनारायण चौधरीको बिशिष्ठ आतिथ्यमा संयुक्त रुपमा समुदघाटन गरिएको अध्यक्ष सेन्चुरीले बताए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष सेन्चुरीले आज संस्थाले बार्षिक रुपमा गर्ने क्रियाकलापहरु सार्बजनिक गरेका थिए । उहाँले यस आब मा संस्थाले बिभिन्न समाजिक क्रियाकलापहरु समुदाय स्तरमा संचालन गर्ने बताउनुभयो । सबैको सहयोग र सहकार्यले कुनैपनी कार्य संचालन गर्ने बाचा गरे । ‘कुनै किसिमको ब्यक्तिगत स्वार्थ नराखी समाजसेवाको भावनाले संस्था दर्ता गराएको छु , भन्दै उनले भने– आगामी दिनमा राज्यको सेवा सुविधाबाट बञ्चितिकरणमा परेका समुदायको दुखः सुखःमा साथ दिने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै लहान नगरपाकिला वडा नम्बर – १५ का वडा अध्यक्ष तेजनारायण चौधरीले संस्थाको उत्तरोत्तर उन्नती प्रगतिको कामना गर्नुभएको छ । संस्थाले समाजिक कार्य संचालन गरेमा वडाबाट हुने सहयोग गर्ने उनले प्रतिबद्धता गरे । सल्लाहकार एवम समाजसेबी राजकुमार विश्वकर्माले संस्था दर्ता गरेर मात्र हुदैन् त्यसको लागी कार्यसमितिहरु सबैजना निश्वार्थ भावनाले पारदर्शीसा साथ काम गर्नु पर्ने सुझाव दिएका थिए । लगनशिलता र पारदर्शीताका साथ काम गरेमा संस्था आगाडी बढने भएकोले त्यो कुरा कार्यसमितिलाई कहिले पनि नबिर्सिनहुन उनले पदाधिकारीहरुलाई अनुरोध गरेका थिए ।

औपचारीक कार्यक्रमको संस्थाका सह – सचिब टिकाराम विश्वकर्माले कार्यक्रमको उदघोष गरेका थिए । कार्यक्रममा स्थानिय समाजसेबी बिरेन्द्र चौधरी, मन्दिर ब्यबस्थापन समितिहरु , पत्रकार , बुद्धिजिबिको सहभागिता रहेको थियो भने कार्यसमितिहरुले आजैका दिन सोही स्थानमा संयुक्त रुपमा राजदेबीमाताको पुजा आराधना समेत गरेको संस्थाका उपाध्यक्ष चन्द्रनारायण सिंह दनुवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१