सिरहा जिल्लाको सुखिपुर नगरपालिकाको कार्यालयमा अनिश्चितकालिन धर्ना दिएको छ ।

  • चैत १४, २०७७
  • १९११ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा ।  सिरहाको सुखीपुर नगरपालिका कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको भन्दै स्थानीय बुद्धिजीवी तथा सरोकारबालाहरुले धर्ना बसेका छन् । नगरपालिकाको बेतिथि विरुद्धमा समाजिक संजाल तथा पत्र पठाई शान्तिपुर्ण आन्दोलन को घोषणा गर्दै शुक्रबार देखी धर्ना कार्यक्रम निरन्तर राख्ने जनाइएको छ ।

sukhipur2

दिनको ११ बजे देखि १ बजेसम्म नगरपालिका कार्यालयको गेटमा प्रथम चरणको धर्ना कार्यक्रम गर्ने स्थानीय एवम् कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी दिए । साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि यादवले हार्दिक अपिल समेत गरेको छ। नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ।

sukhipur

यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ । उनीहरुले विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने, विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१