ताजा समाचार

सिरहा जिल्लाको सुखिपुर नगरपालिकाको कार्यालयमा अनिश्चितकालिन धर्ना दिएको छ ।

  • चैत १४, २०७७
  • २०८६ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा ।  सिरहाको सुखीपुर नगरपालिका कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको भन्दै स्थानीय बुद्धिजीवी तथा सरोकारबालाहरुले धर्ना बसेका छन् । नगरपालिकाको बेतिथि विरुद्धमा समाजिक संजाल तथा पत्र पठाई शान्तिपुर्ण आन्दोलन को घोषणा गर्दै शुक्रबार देखी धर्ना कार्यक्रम निरन्तर राख्ने जनाइएको छ ।

sukhipur2

दिनको ११ बजे देखि १ बजेसम्म नगरपालिका कार्यालयको गेटमा प्रथम चरणको धर्ना कार्यक्रम गर्ने स्थानीय एवम् कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी दिए । साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि यादवले हार्दिक अपिल समेत गरेको छ। नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ।

sukhipur

यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ । उनीहरुले विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने, विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤