दिवा खाजा संचालन नगरेकोमा सुखीपुर नगरकार्यपालिका विरुद्ध धर्ना जारी

  • चैत १३, २०७७
  • १४५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा लहान , चैत्र १३ गते शुक्रबार। सिरहा जिल्लाको सुखीपुर नगरपालिका कार्यालयमा पटकपटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको विरुद्धमा आज चैत्र १३ गते शुक्रबार देखी धर्ना कार्यक्रमको गरिदै छ। दिनको ११ बजे देखि १२ बजेसम्म नगरपालिका कार्यालयको गेटमा धर्ना कार्यक्रम गर्ने सुखीपुर नगर सुधार समितिका संयोजक वी पी भुवन यादवले जानकारी गराइएको छ। साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि संयोजक यादवले हार्दिक अपिल समेत गरेको छ।

सके सम्म आआफ्नो ठाउँबाट सबै जनालाई सहयोग गरिदिन अपेक्षा राख्नु भएको छ। नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ। यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ। माँगहरु विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने । विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१