ताजा समाचार

दिवा खाजा संचालन नगरेकोमा सुखीपुर नगरकार्यपालिका विरुद्ध धर्ना जारी

  • चैत १३, २०७७
  • १५७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा लहान , चैत्र १३ गते शुक्रबार। सिरहा जिल्लाको सुखीपुर नगरपालिका कार्यालयमा पटकपटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको विरुद्धमा आज चैत्र १३ गते शुक्रबार देखी धर्ना कार्यक्रमको गरिदै छ। दिनको ११ बजे देखि १२ बजेसम्म नगरपालिका कार्यालयको गेटमा धर्ना कार्यक्रम गर्ने सुखीपुर नगर सुधार समितिका संयोजक वी पी भुवन यादवले जानकारी गराइएको छ। साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि संयोजक यादवले हार्दिक अपिल समेत गरेको छ।

सके सम्म आआफ्नो ठाउँबाट सबै जनालाई सहयोग गरिदिन अपेक्षा राख्नु भएको छ। नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ। यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी भएको छ। माँगहरु विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने । विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤