सुरक्षित साथ घरमै होली मनाउन प्र. जि. अ. कणेलको आग्रह

  • चैत्र ११, २०७७
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / चैत्र ११ गते बुधबार। आज जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिपराज कणेलले एक सुचना निकालि सुरक्षित साथ घरमै बसी होली मनाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ। कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको हुँदा जन स्वास्थ्य सुरक्षाको मापदण्ड र प्रोटोकल पालना गर्न गराउन प्र. जि. अ. कणेलको आग्रह रहेको छ । जिल्ला प्रशासन कार्यालय सिरहा चैत्र ११ गतेमा प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० बमोजिम जारी भएको सुचना गरिएको छ। कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको र हाल सो को नयाँ स्वरुप समेत दोस्रो देखा परेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ चैत्र ८ गते च. न. २७२ को प्रेस विज्ञप्तिमा उल्लेख्यखित विषय समेतलाई ध्यानमा राखी स्थानीय प्रशासन ऐन , २०२८ को ६(३)र संक्रमण रोग ऐन , २०२० को , २०२८ को ६(३) र संक्रमणसँग ऐन , २०२० को अवस्था अनुरुप देहाय आदेश सुचना गरिएको छ। यस बमोजिम कार्यन्वयन गरी आम नागरिकको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउन , स्थानीय तहका पदाधिकारी , राजनीतिकर्मी , समाजसेवी , उद्ममी , व्यवसायी , एवंम बुद्धिजीवी , लगायत आम सरोकारमा अनुरोध गरिएको छ। २०७७ सालको होली पर्व घरघरमै बसि जनस्वास्थ्य एवंम सुरक्षा अनुरुप मनाउने । भीडभाड गरी घर बाहिर गई नमनाउन । आउदो चैत्र १५ र १६ गतेका दिन मदिराको कारोबार एवंम सेवन नगर्न र नगराउन । ( आर. डि.टी ) तथा सम्भव भएसम्म कोविड-१९ को ( एन्टिजेन टेष्ट ) का व्यवस्था मिलाउने कार्यमा सहयोग पुर्‍याउने । टेष्ट रिपोर्ट पोजिटिभ आएकनहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मलेरिया तथा कोविड-१९ को ऐन्टिजेन टेष्ट ) को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्न गराउन , यस कार्य प्रति सहयोग गर्न । यस कार्यकालकालागि स्थानीय तह , अस्पताल , स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने प्रजिअ कणेलले बताउनु भएको छ। यो सँगै सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन। जनस्वास्थ्य सुरक्षाको मापदण्ड / प्रोटोकल विपरीत सभा , गोष्ठी , जमघट , मेला , जस्ता भीडभाड हुने कार्य नगर्ने नगराउन । सार्वजनिक यातायात , शैक्षिक संस्था , व्यवसायी , उद्ममी , एवंम सेवाप्रदायक सवैले मास्क , सेनिटाइजर साबुन पानीले बेलाबेला हात धुने जस्ता कार्यलाई प्राथमिकता दिन सम्पूर्णमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१