विसुन देव सरदार सिरहा लहान / चैत्र ११ गते बुधबार। आज जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिपराज कणेलले एक सुचना निकालि सुरक्षित साथ घरमै बसी होली मनाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ। कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको हुँदा जन स्वास्थ्य सुरक्षाको मापदण्ड र प्रोटोकल पालना गर्न गराउन प्र. जि. अ. कणेलको आग्रह रहेको छ । जिल्ला प्रशासन कार्यालय सिरहा चैत्र ११ गतेमा प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० बमोजिम जारी भएको सुचना गरिएको छ। कोविड- १९ संक्रमणको जोखिम कायमै रहेको र हाल सो को नयाँ स्वरुप समेत दोस्रो देखा परेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ चैत्र ८ गते च. न. २७२ को प्रेस विज्ञप्तिमा उल्लेख्यखित विषय समेतलाई ध्यानमा राखी स्थानीय प्रशासन ऐन , २०२८ को ६(३)र संक्रमण रोग ऐन , २०२० को , २०२८ को ६(३) र संक्रमणसँग ऐन , २०२० को अवस्था अनुरुप देहाय आदेश सुचना गरिएको छ। यस बमोजिम कार्यन्वयन गरी आम नागरिकको स्वास्थ्य सुधारमा सहयोग पुर्याउन , स्थानीय तहका पदाधिकारी , राजनीतिकर्मी , समाजसेवी , उद्ममी , व्यवसायी , एवंम बुद्धिजीवी , लगायत आम सरोकारमा अनुरोध गरिएको छ। २०७७ सालको होली पर्व घरघरमै बसि जनस्वास्थ्य एवंम सुरक्षा अनुरुप मनाउने । भीडभाड गरी घर बाहिर गई नमनाउन । आउदो चैत्र १५ र १६ गतेका दिन मदिराको कारोबार एवंम सेवन नगर्न र नगराउन । ( आर. डि.टी ) तथा सम्भव भएसम्म कोविड-१९ को ( एन्टिजेन टेष्ट ) का व्यवस्था मिलाउने कार्यमा सहयोग पुर्याउने । टेष्ट रिपोर्ट पोजिटिभ आएकनहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मलेरिया तथा कोविड-१९ को ऐन्टिजेन टेष्ट ) को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरु बमोजिम गर्न गराउन , यस कार्य प्रति सहयोग गर्न । यस कार्यकालकालागि स्थानीय तह , अस्पताल , स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने प्रजिअ कणेलले बताउनु भएको छ। यो सँगै सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन। जनस्वास्थ्य सुरक्षाको मापदण्ड / प्रोटोकल विपरीत सभा , गोष्ठी , जमघट , मेला , जस्ता भीडभाड हुने कार्य नगर्ने नगराउन । सार्वजनिक यातायात , शैक्षिक संस्था , व्यवसायी , उद्ममी , एवंम सेवाप्रदायक सवैले मास्क , सेनिटाइजर साबुन पानीले बेलाबेला हात धुने जस्ता कार्यलाई प्राथमिकता दिन सम्पूर्णमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved