काठमाडौं, १० चैत । तिब्र खबर मिडिया ग्रुपद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ” बदला रिटर्नस ” अब चाँडै बजारमा आउने भएको छ। अहिले सम्मको सुटिङ्लाई हेर्दा चलचित्र राम्रो बनेको उक्त चलचित्रका मुख्य नायक कल्याण घले तथा नायिका शसी राईले बताएका छन् ।चलचित्रमा कथाले मागे अनुसारको आफुहरुले राम्रो अभिनय गरेको उनीहरुले बताए।
चेतनामुलक ,लभस्टोरी तथा एक्सन जोडिएको चलचित्र पुर्बी जिल्ला सङ्खुवासभाका विभिन्न ठाउमा छायांकन भएको हो।एक अर्को प्रसङ्गमा नायक कल्याण घले तथा नायिका शसी राईले साना पर्दा र ठुलो पर्दामा काम गर्दा आकाश पातलको फरक पर्ने बताए।तर ठुलो पर्दामा अवसर पाएँ भनेर साना सिरियललाई माया नमार्ने बरु राम्रो अवसर आए जस्तो सुकै सिरियल तथा चलचित्रमा अभिनय गर्ने उनीहरुले बताए।
यस चलचित्र बदला रिटर्नसमा निर्देशक घनश्याम तिमिल्सिना एन्टिनाले आफुहरुलाई राम्रो अवसर साथै सुटिङमा सहयोग गरेको नायक घले तथा नायिका राईले बताए।चलचित्रमा प्रेम बस्यालको कथा तथा लक्ष्मी सिवाकोटी निर्जलाको पटकथा रहेको छ भने सङ्गित सुर्य दनुवार राईको छ ।त्यस्तै द्वन्द्व सुरज श्रेष्ठको छ भने चलचित्रको छायांकन मोहनिश श्रेष्ठले गरेका छन् ।चलचित्रको सम्पादन भने बिश्वास भण्डारीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved