Siraha Times
ताजा समाचार

सामाजिक सुरक्षा बिषयमा प्रदेश स्तरिय छलफल

  • चैत १०, २०७७
  • १५२७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - सामाजिक सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र अवसर बिषयक प्रदेश स्तरिय छलफल कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ का सामाजिक बिकास राज्य मन्त्री अभिराम शर्माले सबैको लागि सामाजिक सुरक्षा आवश्यकता रहेको बताएका छन ।

उनले अहिलेको वर्तमान अवस्थामा सबै बर्गका ब्यतmीहरुलाई सामाजिक सुरक्षा अति आवश्यक भएकोले प्रदेश सरकारको नितिमा समावेश गरिने बताएका छन । मन्त्री शर्माले सामाजिक सुरक्षा अन्तर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यतिm, बालबालिका, सिमान्तकृत, पिछिडिएका, यौनिक तथा लैगिक अल्पसंख्यक गरिब तथा बिभिन्न सेवाबाट बन्चित बर्गहरुको हकहित, संरक्षण र उत्थानको लागि स्थानिय तहबाट सेवा प्रवाहमा जोड दिएका थिए ।

सम्बोधनकै क्रममा प्रदेश सदस्य, सामाजिक बिकास मन्त्रालयका सचिव, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा संचार कर्मीहरुले सबैको समन्वय, सहकार्य भए मात्रै सामाजिक सुरक्षा कार्यक्रम सफल हुनेमा जोड दिएका थिए । सोही कार्यक्रममा सामाजिक सुरक्षा नागरिक संजालको उपाध्यक्ष श्री डोलमा तमाङ्ग र संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले संयुतm रुपमा २३ बुन्दे ज्ञापन पत्र प्रदेश नं २ का सामाजिक बिकास राज्य मन्त्री अभिराम शर्मालाई बुझाईएको थियो ।

संरक्षण नेपाल, बाराको सहजिकरण, सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको आयोजना र वि सोशियल मोमेनट, सेभ द चिल्ड्रेनको सहयोगमा उतm कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम सामाजिक सुरक्षा नागरिक संजालको उपाध्यक्ष श्री डोलमा तमाङ्गको अध्यक्षता सम्पन्न कार्यक्रमा सहजिकरण तारक धिताल, कार्यपत्र प्रस्तुत, सरोज अर्चाय, स्वागत मन्त्वय संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, तथा संचालन नविन महर्जनले गरेको थियो

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१