ताजा समाचार

खडक नगरपालिका विरुद्ध आज दोस्रो दिन स्थानीयको धर्ना एवंम विरोध कार्यक्रम जारी

  • चैत १०, २०७७
  • १४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा लहान / चैत्र १० मंगलबार। सप्तरीको खडक नगरपालिकाको कार्यालयले गरेको स्थानीयबासी भावना विपरीत निर्णय गरेको विरुद्धमा आज दोस्रोदिन धर्ना एवंम विरोध कार्यक्रम जारी रहेको खवर प्राप्त भएको छ। खडक नगरपालिकाको केन्द्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुको सट्टा अर्को स्थानतिर अस्पताल सार्ने निर्णयको बदर गर्दै स्थानीयले विरोधमा उत्रिएका छन । विरोध कार्यक्रम विहान १०: ०० बजे देखि पालिकाको कार्यालय अगाडि धर्नामा बसेको आयोजक खडका नगरपालिका कल्याणपुर (सप्तरी) संघर्ष समितिका समाजसेवी समाजवादी विद्यार्थी युनियन , एकाई सभापति सुरज कुमार साहले बताएको छ।

नगरपालिकाको १५ सैया अस्पतालको कार्यपालिका निर्णय बदर गर। प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर भन्ने स्थानीयले मांग गरेका छन। कार्यपालिकाको निर्णय बदरको लागि सम्पूर्ण कल्याणपुरबासीहरु लगायत विभिन्न वडा र छरछिमेकका गाउँ समाज समेतले विरोध कार्यक्रम धोषणा गरिएको हो। सिरहा टाइम्ससँग कुराकानी गर्दै समाजवादी विद्यार्थी , एकाईका सभापति सुरज कुमार साहले भने हिजोपनि २ घण्टा धर्ना सफल गरे सँगै आजपनि धर्नामा बसेर नियमित रुपमा यसलाई अगाडि बढाउने साहले दाबी गरेको छ।

साथै स्थानीयहरु तथा जिल्ला प्रशासन कार्यालय राजविराज सप्तरी , स्वास्थ्य समन्वय समिति राजविराजले समेत खडक नगरकार्यपालिकालाई ध्यानाकर्षण गराईएको छ। यो सँगै स्वास्थय तथा जनसंख्या मन्त्रालयको पत्रानुसार खडक नगरपालिका भित्र रहेको अस्पतालहरुको स्तोरउन्नती साथै १५ सैयाको अस्पतालको लागि जग्गा व्यवस्थापन गराईएको थियोे । खडक नगरपालिकाको केन्द्र लोकमार्ग सँगै रहेको उक्त अस्पताल गेटसम्म पक्की ढलान बाटो रहेको छ। यसरी स्वास्थ्य चौकीको प्रयाप्त जग्गा र भौतिक संरचना रहेकोले त्यसको स्तरउन्नती हुनु पर्नेमा स्थानीयको जोड रहेको छ।

 

यदि नगरपालिकाले निर्णय स्वास्थ्य संरचना अन्य सार्ने काम भयोभने भोलीका दिनहरूमा धर्ना एवंम विरोध जस्ता कार्यलाई निरन्तरता दिने स्थानीयले दाबी गरेको छ र नगरपालिकालाई सतेत गराइएको छ। त्यसैले ५ दिन भित्र पुनारावलोकन गरी सच्चाई प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरलाई सतरउन्नती गर्न मिति चैत्र २९ गतेसम्ममा विषय प्रति कार्यन्वयनका लागि संघर्ष समिति गठन भएको खवर समाजसेवी एवंम विद्यार्थी नेता सुरज कुमार साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤