Siraha Times
ताजा समाचार

महिलाहरु लाई महिनावारी सरसफाइ तथा पुन: प्रयोग प्याड बनाउने तालिम

  • चैत ९, २०७७
  • २३७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान चैत्र ९ गते।"स्वास्थ्य महिला, स्वास्थ्य परिवार, स्वास्थ्य समाज" मूल नारा का साथ "सनराइज युथ सिराहा सञ्जाल" र मधेसी युवा एकता समाज सेवा ले ^महिनावारी सरसफाइ तथा पुन प्रयोग प्याड बनाउने तालिम^ सिरहामा दिएको छ। महिनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचत होस् भन्ने उद्देश्यले सनराइज युथ सिराहा सञ्जाल र मधेसी युवा एकता समाज सेवा ले सिरहाको मिर्चैया ना. पा -११ , सनिगढवा गाउँका महिलाहरु लाई महिनावारी सरसफाइ स्यानिटरी प्याड बनाउने तालिम दिएको हो।

No description available.

शनिबार १ दिन संचालन भएको उक्त तालिममा स्थानीय ३३ जना महिलाहरुलाई स- साना कपडाको टुक्रा बाट महिनावारी हुँदा पुनः प्रयोग गर्ने मिल्ने प्याड कसरी बनाउने बारे महिला हरुलाई सिकाएको छ। "सनराइज युथ सिराहा सञ्जाल" को आयोजना तथा " मधेशी युवा एकता समाज सेवा कतार "को अध्यक्ष राम कुमार यादव को आर्थिक सहयोग र प्याडबैंक को प्रविधिक सहयाेगमा उक्त तालिम भएको सनराइज युथ सिराहा सञ्जाल"ले बताएका छ्न।

No description available.

महिनावारी को समय मा प्रयोग गर्ने बजार मा विभिन्न कम्पनी का सिनेटरी प्याड उपलब्ध हुन्छ तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैन । कुनै ठाउँ मा प्याड नैं पाउँदैन भने कम्जोर आर्थिक अवस्था का कारण कतिपय ले खरिद गर्न सक्दैन जसकारण महिनावारी को समय मा कपडा नै प्रयोग गर्नेहरु धेरै हुन्छन् । कपडा प्रयोग गर्दा समस्या मात्र हुँदैन संक्रमण को जोखिम पनि हुन्छ । यसैलाई ध्यान मा राख्दै " स्वास्थ्य महिला, स्वास्थ्य परिवार, स्वास्थ्य समाज" मूल नाराको साथ "महिनावारी सरसफाइ तथा पुन प्रयोग प्रयोग प्याड बनाउने तालिम" महिला हरु को लागी आयोजना गरेको "सनराइज युथ सिराहा सञ्जाल"कि अध्यक्ष शोभा साहले बताएकि छिन।

No description available.

अध्यक्ष साहलेवबजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन ,तर कपडाको प्याड लाई पुनः प्रयोग गर्न सकिन्छ ।यो तालिम लिए पछि सुई,धागो , टाक, कैची, भएपछि घरकै कपडा ले बनाउन सकिने कपडा को प्याड बनाउन सहज र कम खर्चिलो पनि हुन्छ र साथै कसैको मदत बिना पनि यो प्याड बनाउन सकिन्छ बताएकी छिन।

No description available.

यो तालिमसँगै आफुहरूले सरसफाइको ज्ञानसमेत पाएको सहभागीहरूले बताए। ‘हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौँ, तालिममा सहभागी कन्चन साहले भनिन्, ‘तालिममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौँ।’ कार्यक्रम मा मधेसी युवा एकता समाज सेवा को अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबू यादव , "सनराईज युथ सिराहा सञ्जाल" का पदाधिकारीहरु क्रमशः पारस जैसवाल, ,अनिल सिंह,प्रियंका जैन, कञ्चन साह ,आरती चौधरी लगायत स्थानीय बुद्धिजिबि चन्द्र्दिप यादव ,राम बाबू यादव,गुरुदयाल साह को उपस्थित रहेको थियो । विकास र आधुनिकताको नाममा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न किसिमका स्वास्थ्य समस्या निम्तिन थालेपछि घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१