विष्णुदेव सरदारसिरहा , चैत्र ८ गते आइतबार। निजी विद्यालय कार्यक्रम अन्तर्गत मोरङको विराटनगरमा ७ गते भएको राष्ट्रिय शिक्षक समाज नेपाल मोरङ समायोजन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला कार्य समिति द्वारा आयोजित उक्त कार्यक्रममा सम्पूर्ण शिक्षकहरू सहभागीता रहेको थियोे । नव निर्वाचित जिल्ला मोरङका कमिटीहरुलाई हार्दिक बधाई तथा उतोरोतर प्रगति शुभकामना दिइएको छ। अध्यक्ष जय प्रकाश साह , उपाध्यक्ष मेनुका राई , सचिव भवानी शंकर भट्टराई , सह सचिव विरेन्द्र कुमार महतो कोषाध्यक्ष वीवा साह सदस्यहरुमा नरेन्द्र राई , अमित सरदार , विजय दुर्गालाल , अमिर शाक्य लगायत १७ सदस्य समिति सहित निर्वाचित भएको छ। निर्वाचित सम्पूर्ण शिक्षकहरुलाई सम्मान तथा बधाई दिइएको थियोे । निर्वाचित जिल्ला कार्य समिति चैत्र ७ गतेदेखि लागु हुनेगरी जिल्लाका कार्यहरु गर्ने तथा कामकाजलाई निरन्तरता दिन समितिबाट निर्णय भएको राष्ट्रिय शिक्षक समाजका सदस्य अमित सरदार बताए । अब आउने दिनहरूमा छुट्टै पहिचान दिलाउने , शिक्षक जोडदार रुपमा प्रस्तुत हुनुपर्ने सबैको धारणा रहेको कार्यक्रम भएको सरदारले बताए ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved