प्रधानाध्यापकको बिबादले बिधार्थीको भबिष्य अन्यौलमा

एउटै स्कुलमा दुई प्रधानाध्यापकको बिबाद चुलिदा विद्यार्थीहरुको भबिस्य अन्यौलमा

  • चैत ५, २०७७
  • ९७४ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान ५ चैत - कुनै पनी विधालयमा एउटा प्रधानाध्याक हुन्छ । एउटै विधालयमा दुईटा प्रधानाध्यापक छ भनेर सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् ।

कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा रहेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गते देखी प्रधानाध्यापकको बिषयमा आपसि बिबाद चल्दै आईरहेको छ । प्रधानाध्यापकको बिषयमा आपसी बिबादका कारण उच्च आदालत जनकपुर राजबिराजमा मुद्दा दायर भएको छ । ४ वटा शिक्षक मात्र रहेको सो बिधालयमा २ टा शिक्षक बिच निमित प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा सो विधालयको पुर्ण रुपमा अध्ययन अध्यापनमा प्रभाबित परेको स्थानियहरुले बताएका छन् ।

निमित प्रधानाध्यापक रामनाथ भगत यादवले मिति २०७७ बैशाख १० गतेदेखी बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्दै आईरहेको थियो । शिक्षा विकास तथा समन्वय ईकाई , सिरहा कार्यालयले बरिष्ठताको आधारमा प्रअ रामनाथ भगत यादबलाई मान्यता दिईरहेको बेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही बिधालयमा काजमा बिन्देश्वर प्रसाद यादबलाई निमित प्रधानाध्यापकको रुपमा पठाएर बिबाद चुलिएको छ ।

पहिलाको निमित प्रधानाध्यापक रामनाथ भगत यादबले गाउँपालिकाले काजमा पठाएका बिन्देश्वर प्रसाद यादबलाई सहमती दिएको छैन । शिक्षा ऐनमा पहिलेको प्रधानाध्यापकले दोस्रो प्रधानाध्यापक बिधालयमा हाजीरी हुँदा सहमती दिनुपर्ने प्राबधान रहेको छ । कुनैपनी अफिसिय काम गर्दा दुईटै प्रधानाध्यापकले लेटरप्याडमा सिग्नेचर गर्दै आईरहेको छ । गाउँपालिकाले निमित प्रअ पठाएर बिबाद खडा गरेको निमित प्रधानाध्यापक रामनाथ भगत यादवले बताएका छन । उनले भने आदालतमुद्धा दायर गरेको छु । आदालतको फौसलाको सुनवाई चैत्र ८ गते छ ।

सहदेव यादवलाई काज फिर्ताको लागी शिक्षा विकास तथा समन्वय ईकाई सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा चिठ्ठी आईसकेको भएपनी उनले स्कुल नछोडेको बताए । उनले भने साउन महिना देखि मलाई गाउँपालिकाले तलब दिएको छैन् । स्कुलमा राजनीतिक हावी छ राजनीतिक हिसाबले गाउँपालिकाले उनलाई न्युक्ती गरेको निमित्त प्रधानाध्यापक यादवले बताएका छन् । यता अर्काे प्रधानाध्यापक बिन्देश्वर प्रसाद यादवले भने मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित प्रधानाध्यापकको लागी चिठी दिएको छ ।

गाउँपालिकाले काज फिर्ता पठाएको खण्डमा म स्कुल छेडने छु ,‘ शिक्षा विकास तथा समन्वय ईकाईको चिठी मैले बुझेकै छैन उनले भने ।’ ३ सय ९६ बिधार्थी अध्यनरत रहेको बिधालयमा एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकको भरमा विधालयमा कक्षा संचालन भैरहेको छ । कक्षा कोठाको आभाव छन् कक्षा कोठाको आभावका कारण कक्षा १ देखि ३ सम्मका बिधार्थीहरु एउटै कोठामा अध्ययन गरिरहेको छ भने कक्षा ४ र ५ , र ६,७ का बिधार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गरिरहेको बिधार्थीहरुले बताएका छन् ।

पाठयक्रम अनुसारको अध्यापन नहुने , बिषयहरु पुर्ण रुपमा पढाई नहुने बिधार्थीहरुले गुनासो गरे । करिब ४ साल देखि सो बिधालयमा ब्यबस्पान समिति छैन ब्यबस्थापन समिति नहुदा खाजा कार्यक्रम पनी संचालनमा छैन । बेन्च डेस्को आभाबको कारण तल्लो तह कक्षाका बिधार्थीहरु भुईमै बसेर अध्ययन गर्न बाध्य छन् । विधालयमा खानेपानी र शैचालय समेत नरहेको बिधार्थीहरुले गुनासो गरेका छन् ।

school 4

प्रतिक्रिया दिनुहोस

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

जागिर चाहियो ? पोखरि ...

रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१