Siraha Times
ताजा समाचार

सिरहा सप्तरी लगायत तराईका जिल्लाहरु धुलैधुलो जनजीवन प्रभावित;सरोकारवाला निकाय मौन

  • चैत ३, २०७७
  • १३६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा / चैत्र ४ गते बुधबार । केही दिन देखी यता पानी नपरेका कारण सिरहा सप्तरी लगायत प्रदेश न. २ का जिल्लाहरु धुलोधुलैका कारण जनजीवन प्रभावित देखिएको छ । अहिले चैत्र बैशाखको मौसम अर्थात बसंत ऋतु आगमन भएको छ , हरेक पक्ष खुसी लिनुदिनुको सट्टा धुलो लिनदिनमा बाध्य देखिएको छ। मौसमी प्रकोपले पानी नपरेका कारण सडक बाटोघाटो पुर्णरुपले तराईका जिल्ला तहसनहस देखिएको छ र यसप्रति कुनै पनि सरोकारवाला निकायको ध्यानाकर्षण नभएको स्थानीयहरुको आरोप रहेको छ। यसको प्रभाव खासगरी स्कुलले बालबालिकाले झेल्नु परेको देखिएका छन।

अत्यधिक धुलोले रोग व्यधी निम्त्याउँनु , नसोचेको घटना सृजना गरिदिनु , रुघाखोकी , ज्वरो , शारीरिक , मानसिक आर्थिक , सामाजिक लगागतका पक्षहरुमा नाकारात्मक असर परेको देखिन्छ । विशेषगरी स्थानीय नकायका विद्यार्थी , किसान , व्यापारी र आम सर्वसाधारण यसको चपेटामा रहेको देखिएका छन। सडकमा क्षतिपु्रयाउनु कारणहरुमध्ये प्रमुख कारण ट्राक्टर कच्ची सडकमा अोहोरदोहोर , बस , ट्रक लगायत ठुलो गाडीहरु रहेको छ। नेपालीको राजनीति उखान र चुटकिल्लामा निहित छन ; जुन जोगी आए पनि कानै चिरेको देखिएको छ यर्थात अहिलेको जनप्रतिनिधिहरुलाई ४ वर्ष पुग्नै लाग्दा न त साकारात्मक र दीर्घकालीन विकास नभएको लक्ष्मीपुर पतारी गाउँपालिका खरुक्याही बस्ने २६ वर्षिय काशी यादवले भनेका छन।

सिंह दरवार गाउँ गाउँमा कागजमै सिमित देखिएको छ । ५ वर्षको सरकारले सरकारी मोटरसाइकल , स्कारपियोलाई धजिया उठाउनु बाहेक केही पनि नदेखिएको छ। जनप्रतिनिधिहरु जनतामा सभ्य परिचय दिन सिकनुस र जनतालाई दिईएको आश्वासन प्रति चासो राख्नुस । गाउँपालिका नगरपालिका कर्मचारीका लापरबाहीका कारण विकास हुननसकेको स्थानीयहरु गुनासो पोखिएका छन।

अत: सही सत्यलाई आधार मानी विकास निर्माण कार्यलाई गुणस्तरीय बनाउन सबै दायित्व भएको देखिन्छ । आफ्नो स्वार्थको लागि विकास कार्यमा हन्न पुर्याउनु अमानवीय रहेको स्थानीयहरुले टिप्पणी गराइएका छन। राजनीतिक साकारात्मक रुपमा हुनुपर्छ नाकारात्मक रुपमा गर्न थाल्यो भने जनताका विकास निर्माण कार्यमा अवरोध श्वतह देखिन्छ ।

अहिलेको तानाशाही समाजले विकास कार्यमा नाकारात्मक प्रभाव पारेको देखिन्छ गाउँमा सिंहदरवार आएतापनि गालीगलौज , बलात्कार , ठिठाठिठी भागाभाग जस्ता हिंसात्मक धटना पहिलाको नै देखिन्छ । अहिलेका जनप्रतिनिधिहरु जनतालाई दिइएको वचन बद्धको संज्ञा दिनुहोस् अनिमात्र विकासले गति लिन शुरु गर्छ। धुलो न्यूनिकरण गर्न महानगरपालिकाले गर्दै आइरहेको कार्यहरु सञ्चालनमा जोड दिए विकासले गति लिन शुरु गर्छ।

 

 

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१