विसुन देव सरदार सिरहा , चैत्र १ गते आइतबार । सिरहा र धनुषाको बिचमा पर्ने कमला नदीको बारेमा हिजो अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण अनुगमन तथा भावी रणनीति बारे छलफल भएको छ। कमला बचाउ अभियानद्वारा भएको कार्यको अनुगमन भ्रमण तथा कमला सिचाईं योजनाबाट सिरहा र धनुषा जिल्लाको पचिस हजार हेक्टर जमिनमा सिचाईंको सुविधा पुर्याई रहेकोमा कमला खोलाका माथिल्लो तटि्य जलाधार क्षेत्रमा भारत बोर्डर इनर्वा देखी जङ्गल चिसापानी सम्म भइरहेको छ। नदी उत्खनन तथा भुक्षयका कारण ( रिभरवेड राईजड ) भई सिचाईं योजनामा पानीका साथसाथै अत्यधिक मात्रामा बालुवा , गिट्टी , गेगर आउन शुरु भएकोले निकट भविष्यमा सिचाईं योजना गर्न ठुलो समस्या उत्पन्न देखिन्छ । त्यसका लागि धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला नेतृत्वमा साथै जिल्ला प्रहरी प्रमुख ( एस. पी. ) प्रकाशराणा भाट , सशस्त्र प्रहरी बल ( एस.पी.) नरेन्द्र सेन , आर्मी प्रमुख सेनानी गजेन्द्र रावल , सिडिई एकराज भट्टराई , कमला नगर प्रमुख रामउदगार गोईत , कार्यकारी प्रमुख बिरेन्द्र सढान लगायतका उपस्थिति रहेका थियोे । साथै नेपाल रेडक्रस सोसाइटी सभापति नरेन्द्र प्रसाद सिंह , ईन्जिनियर कृष्ण झा , कमला अभियानका संयोजक विक्रम यादव , कमला अभियानी सुरेन्द्र यादव , राजकिशोर सल्हैथा , रामकिशोर महतो लगायतका सहभागीता रहेको कमला अभियानका संयोजक विक्रम यादवले बताए । नदी प्रणाली व्यवस्थापनको मध्यनजर गर्दै ( एप्रोच ) मा परियोजना संकलन गरी समस्या सामाधान गर्न सवै सरोकारबाला निकाय संगको सहयोगका लागि स्थानीय स्तरबाट समन्वय तथा सहयोग जुटाउन प्रमुख जिल्ला अधिकारी अनुरोधका साथै कार्यक्रम सम्पन्न भएका थियो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved