तिन महिने कम्प्यूटरको तालिम पाएपछि बिधार्थीहरु हर्सित

तिन महिने नि:शुल्क कम्प्यूटरको तालिम सम्पन्न

  • चैत १, २०७७
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान, १ चैत - सिरहाको लहान नगर पालिका –८ मा नि:शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि बिधार्थीहरु खुशिले गदगद भएका छन् । लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि:शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए ।

समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए । उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए । कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोले रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु रेडियो सरगम का फिरोज शेख नेपाल पोस्ट दैनिक का महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डलको समेत उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१