Siraha Times
ताजा समाचार

तिन महिने कम्प्यूटरको तालिम पाएपछि बिधार्थीहरु हर्सित

तिन महिने नि:शुल्क कम्प्यूटरको तालिम सम्पन्न

  • चैत १, २०७७
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान, १ चैत - सिरहाको लहान नगर पालिका –८ मा नि:शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि बिधार्थीहरु खुशिले गदगद भएका छन् । लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि:शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए ।

समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए । उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए । कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोले रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु रेडियो सरगम का फिरोज शेख नेपाल पोस्ट दैनिक का महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डलको समेत उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१