विसुन देव सरदार सिरहा लहान /फाल्गुन २७ गते बिहीबार। सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर - १२ रुपनगर गाउँमा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवनको एकसाथ सम्पन्न भएको छ। हिजो बुधबार प्रदेश न.२ का सामाजिक विकास मन्त्री नवल किशोर साह तथा समाजसेवी , वुद्धिजीवी , जेष्ठ नागरिक स्थानीयहरुको सहभागीतामा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवन शिलान्यास भइयो । मन्त्री साहको हातबाट विशेष पुजापाठ गरी शिलान्यास समुद्घाटन भएको हो। साहले समाजका समग्र विकास , सामाजिक सद्भाव र जेष्ठ नागरिकको सम्मानका लागि यस किसिमको पुर्वाधारहरुको आवश्यकता रहेको बताउनु भएको छ। अहिले गाउँमा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवन निर्माण भएको समाजका अगुवा लगागत हरेक पक्ष खुसीले हर्षित देखिएको हो। दलित तथा पछाडि परिएको जातीहरुमा झन खुसीको हलर देखिएको श्याम सरदारले बताए ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved