आयोजक टिम कुशहा रोयल फाइनलमा प्रवेश

  • फागुन २६, २०७७
  • १६२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोहित कुमार मण्डल लहान, २६ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा स्थित रहेको खेल मैदान भएको पहिलो चरणको सेमी फाइनल चरणको खेलमा सुरुङ्गा नगरपालिका– ७ हरिपुर डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोलाई पराजित गर्दै आयोजक टिम रोयल युवा क्रिकेट क्लब कुशहा फाइनलमा प्रवेश गरेका छन् । निर्धारित २० ओभरको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको डायनामिक युवा क्रिकेट टिम हरिपुर गोठ टोल पोखरीयाले १९ ओभरमा आफना सम्मपूर्ण विकेट गुमाउदै रोयल युवा क्रिकेट क्लब कुशहामा सामु १ सय ३० रनको चुनौति प्रस्तुत गरेका थिए । प्रतिउतरमा १सय ३१ रनको लक्ष्य लिई मैदानमा उत्रिएका रोयल युवा क्रिकेट क्लब कुशहाले १९ खेल्दै ८ विकेट गुमाएर आफना लक्ष्य पुरा गरेका थिए । रोयल युवा क्रिकेट क्लब कुशहा सप्तरीको अयोजनामा संचालित क्रिकेट म्याचमा सिरहा तथा सप्तरीको १६ वटा क्रिकेट टिमहरु सहभगी भएका छन् । खेलको उदघाट्न सुरुङ्गा नगरपालिकाको नगर प्रमुख मुतिmनाथ चौधरीले गरेका थिए । खेलको प्रथम तथा दृतिय पुरसकार स्थानिय समाज सेवी मोहम्द साबिर हुसेनले प्रथम पुरस्कार रु. ५१ ह्जार तथा द्धितिय पुरस्कार रु.३१ ह्जार प्रदान गरी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१