धनुषाको जनकपुरधाम उपमहानगरपालिका जानकीनगर स्थित रामजानकी अस्पतालले एक जना विपन्न विरामीको निःशुल्क उपचार गरेका छन । अस्पतालले धनुषाको विदेह नगरपालिका वडा नं. ३ कर्माहीका बजंरगी ठाकुरको एक वर्षीय छोरा भरोसी ठाकुरको निःशुल्क उपचार गरेको हो । उपचारमा भएको खर्च ७३ हजार ३ सय बराबरको रकम ठाकुर विपन्न परिवारका भएकाले उपचार रकम तिर्न समस्या भएकोले अस्पतालले निःशुल्क उपचार गरेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि पनि अस्पतालले विपन्न परिवारका व्यतिmहरुलाई निःशुल्क उपचार गर्दै आएका छन । अस्पतालबाट निःशुल्क उपचार पाएपछि निकै नै हर्षित भएको छु बालकका बुवा ठाकुरले बताएका छन । ठाकुर एक सप्ताहदेखि अस्पतालमा भर्ना थिए । उनलाई लामो समयदेखि ज्वरो र श्वासप्रश्वासको समस्या थियो । ठाकुरलाई केही दिन एन आई सि यु मा समेत भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved