विसुन देव सरदार सिरहा लहान , फाल्गुन २५ गते मंगलबार। जिल्ला प्रशासन कार्यालय खोटाङ्गले दिइएको निर्देशन अनुरुप वराहपोखरी गाउँपालिकाले आयोजना गरेको "महिलाको सुरक्षा , सम्मान र रोजगार : समृद्ध नेपालीको आधार मुल नाराका साथ हिजो सोमबार विश्व नारी दिवस मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष शालिकराम बन्जारा , विशिष्ट अतिथि अतिथि गोमा मगर , उदधोषक रमेश पोखरेल , निर्णायक मण्डल दिनेश अचार्य , छत्र बहादुर बनिया र विज्ञान राउत रहेका थियोे । खुला लोक दोहोरी , खुला वक्तृत्वकला , खुला हण्डीफोर , खुला सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहेका थियोे । सो सँगै हन्डीफोर विजेता कशर लुइँटेल , लोकदोहोरी प्रथम विजेता अकांक्षा राय , दोस्रो निशा राय , तेस्रो युवराज चौलागाईं , चौथो रोकमिना उप्रेती , ग्रुप डान्स प्रथम असमिता मगर र गरिमा मगर रहेका थियोे । गरिमा मगरलाई नगर ९०००/- र प्रमाणपत्र सहित सम्मान गरेका थियोे । "कृषि पर्यटन , प्राकृतिक सम्पदा र पुर्वाधार ; सभ्य समृद्ध वराहपोखरी गाउँपालिका मुल नारा रहेको छ यस गा.पा. ले अहिले कुल्टो फेरिएको छ। सबै कामकाज उदाहरणीय बन्दै गइरहेको प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वनले बताए ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved