ताजा समाचार

कर्जन्हा ११ मा १११ औं नारी दिवसमा १११ महिलालाई प्याडसहित सम्मान

  • फागुन २५, २०७७
  • १४६४ पटक पढिएको
  • रामएकवाल राम
alt

नवसंग्राम दैनिक लहान, २५ फागुन । १११ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जसपा नेपाल प्रदेश समितिका कोषाध्यक्ष रेणु यादवले कर्जन्हा ११ हटलेटबामा १११ महिलालाई सोमबार सम्मान गरेका छन् ।

कोषाध्यक्ष यादवले १११ महिलालाई आमन्त्रण गरी टिका लगाएर सम्मान स्वरुप १ थान कम्बल र १ थान सेप्टी प्याड वितरण गरिएकी छन् । कर्जन्हा जसपा नेपालका नगर अध्यक्ष केशवप्रसाद साहका सभाध्यक्षतामा भएको नारी सम्मान कार्यक्रममा रेणु यादवले महिला स्वयम् सक्रिय भए मात्र महिलामाथिको दमन अन्त्य हुने बताउँनुभयो । रेणु यादवले छोरा छोरीमा कुनै पनि भेदभाव नगरी समान रुपले पालन पोषण, शिक्षा र संस्कार प्रदान गर्न आग्रह गर्दै बालविवाह जीवन तवाह भएकोले यसको अन्त्य गर्न महिलाहरु नै जाग्नुपर्ने बताउँनुभयो ।

छोरी सरह बुहारीलाई माया गर्नुपर्ने र छोरीलाई पनि सासुलाई सम्मान गर्ने संस्कार दिए मात्र सभ्य समाजको निर्माण हुने र दाइजो प्रथालाई जरैदेखि अन्त्य गर्न सबै आ–आफ्नो ठाँउबाट इमान्दारिपूर्वक कदम उठाए एक असल, सभ्य, शान्त र विसकसित समाजको परिकल्पना गर्न सकिने कोषाध्यक्ष यादवले बताइन् । साथै महिलाहरुका लागि प्रदेश स्तरीय छात्रावास सहितको विश्वविद्यालय सिरहा जिल्लामा स्थापनाका लागि आपूm विशेष पहल गरिरहेको पनि बताइन् ।

विशेष अतिथिमा कर्जन्हा न.पा.४ का वडाध्यक्ष टेकबहादुर सिंगर रहनुभएका थिए भने अतिथिहरुमा यूवानेता प्रेम किशोर साह, प्रकाश श्रेष्ठ, जितनारायण यादव, शम्भु ब्यारलगातय बुद्धिजिवी, समाजसेवीहरुको सहभागी रहेको कलाकार लाल किशोर यादवले बताए । यसैगरी ,महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधारमूल नाराका साथ लहानमा पनि १११ औं नारी दिवस मनाइएको छ ।

यस्तै बोदे बर्साईन नगरपालिका महिला तथा बालबालिका शाखाले तथ संयुक्त रूपमा समग्र जन उत्थान केन्द्र लहान सिरहाले संयुक्त रूपमा मनाएका छन् । विभिन्न महिला हिंसा अन्त्य सम्बन्धि नारा लगाई बोदे बर्साईन नगरपालिका प्राङ्गनबाट निस्केको प्रभात फेरि बजार क्षेत्र परिक्रमा गरि पुनःह नगरपालिका प्राङ्गणमा आई सभामा परिनत भएका थिए । उक्त सभामा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले भने जब सम्म छोरी बुहारीमा विभेद रहन्छ महिला हिंसा अन्तय हुदैन किनभने हामीले जति माया छोरीलाई दिन्छौं त्यति माया बुहारीलाई दिदैनौं बुहारीलाई पनि छोरीको दर्जा दिनुपर्नेमा जोड दिए ।सो कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक उत्सव विष्ट , नगर शिक्षा अधिकृत राम सागर यादव,ईलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक अरूण सिंहलगयतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤