सिरहा टाइम्स सम्वादाता , लहान फाल्गुन २४ गते सोमबार। कोविड-१९ रोग विरुद्ध खोप अभियान - २०७७/०७८ सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका -५ इटहर्वा स्वास्थ्य चौकीले अभियानमा सहभागीताको लागि आग्रह गरेको छ। " स्वास्थ्य , समृद्धि र सुरक्षा , कोविड- १९ खोपले गर्छ रक्षा " नारा सहित अहिले सिरहा लगायत देशका धेरैजसो गाउँपालिका नगरपालिकाहरुमा उक्त अभियान सञ्चालन भएको छ। फाल्गुन २३, २४, र २५ गते गरी तीनदिने इटहर्वा स्वास्थ्य चौकीमा उक्त अभियान सञ्चालन हुनेछ । यो खोप ५५ वर्ष माथिका सबैजना , (गर्भवती महिला बाहेक ) , सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारी , ड्राइभर , अौषधि पसले लगायत सबैले खोप अभियानमा सहभागी हुन स्वास्थ्य चौकी सखुवान्नकारकट्टी गाउँपालिका -५ इटहर्वा स्वास्थ्य हार्दिक अनुरोध गरेको छ। साथै अभियानमा सहभागि हुदा उमेर खुल्ने परिचय पत्र सहित नागरिकता , मतदाता परिचयपत्र , आई. डि . कार्ड सहित अभियानमा सहभागी हुन स्वास्थ्य चौकीले आह्वान समेत गरेका छन। इन्चार्ज सम्पर्क न. ९८०७७५१३९९ मा सम्पर्क गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved