सप्तरीको बलानबिहुल- ३ मा सेवाग्राहीको काम सहज

  • फागुन २२, २०७७
  • १९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी २२, फाल्गुन । स्थानीय सरकार जनताको नजिकको सरकार हो नजिकको सरकार भएपनी आम सेवाग्राहीले कतै नजिकपन महसुस गरेको छ भने जनताले कतै नजिकपनको अनुभुती नै पएका छैन् । स्थानीय स्तरबाट दैनिक सेवा प्रवाह हुने कार्यका लागि आम सेवाग्राहीलाई महिनौ दिन धाउनुपर्ने बाध्यताहरु बर्तमान अवस्थामा कहि कायमै छ त कहि पुर्ण रुपले अन्तय भएको छ । त्यही कुरालाई मध्य नजर गरेर सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर - ३ मा यी समस्याहरु पुर्णरुपमा अन्त्य भएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर -३ मा तिब्र रूपमा विकास निर्माणको कार्यहरू भैरहेको छ । घरै नजिक कार्यालय भएकोले जनतालाई काम काज गर्न सहज भैरहेको छ । वडाबाट दैनीक रुपमा सेवा प्रवाह हुने जन्मदर्ता , बिबाह दर्ता , बसाई सराई , मृत्युदर्ता, घरबाटो सिफारिस , नाता प्रमाणित लगायतको कार्यहरू तीब्र रुपमा सहज तरिकाले भैरहेको वडा नम्बर - ३ का वडा अध्यक्ष कपलेश्वर मण्डलले बताए ।

अध्यक्ष मण्डलले भने वडामा कर्मचारीको आभाव छ । एक जना समाजिक परिचालक र वडा सचीवको भरमा कार्यालय संचालन भैरहेको छ तापनी हामी सेवाग्राहीलाई सहज रुपमा सेवा दिईरहेको छु । कागजात पुरा भएमा केही मिनेटमै काम गरिदिन्छु उनले बताए । वडा कार्यालय हाल भडाको घरमा संचालन भैरहेको छ त्यसको लागि हामी निजि भवन निर्माण पनि गरिरहेको उनले सुनाए । अहिले वडा कार्यालयमा राष्ट्रिय परिचय पत्रको लागि सेवाग्राहिको भिड्भाड छ , `म आफै पनि भिड नियन्त्रण गर्न अहोरात्र खटने गरेको अध्यक्ष मण्डलले सुनाए ।´ समुदायबाट मागको आधारमा भैतिक पुर्वाधार , लक्षितवर्ग लगायतका योजनाहरु बर्सेनिरुपमा वडामा संचालन हुने गरेको छ । पर्यटन प्रवर्द्धन गर्नका लागि वडा भित्र रहेको ऐतिहासिक धार्मिक सम्पदा संरक्षण गर्न पनि वडाले थुप्रै कामहरू गरेको समाजिक परिचालक विष्णुदेव मण्डलले बताए । डिहबार बाबाको मन्दिर , नरसिंह डिहवार मन्दिर , भगवती गहबर , सलहेश गहबर लगायत आधीदर्जन मन्दिरहरुको भवन निर्माणका साथै बाउन्ड्री बाल , मुर्ति स्थापना , रंगरोधनका कामहरु , दलान निर्माणका कामहरू बर्सेनि भैरहेको वडा सचीव अनन्तराज खवासले जनाए । केही ठाउँमा भैतिक संरचनाका कामहरु पूरा भएको छ भने केही ठाउँमा यो बर्ष काम पुराहुने उनले सुनाए । योजना छनैट हुँदा जनताको चाहना अनुरुपको योजनाहरु वडा कार्यालयले पुर्ण प्राथमिकतामा राखेकोले त्यही अनुरुप पुर्ण पारदर्शीको साथ वडामा कार्यहरु भैरहेको अध्यक्ष मण्डलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१