महोत्तरी। महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाले घर वहालको सम्झौता पालना नगरि कार्यालय सारेपछि घरबेटी न्यायको लागि भौतारिदै छन् । सम्झौता अनुसार घर वहाल, विद्युत महसुल तथा घर मरम्मत नगरि नगरपालिकाले कार्यालय सारेपछि न्यायको लागि घरबेटी भौतारिन वाध्य भएका हुन् ।
जिल्लाको मनरासिश्वा नगरपालिकाको वडानं. १ मा रहेको सुरेश पाण्डेयको दुई तल्ले १० वटा कोठासहितको घर नगरपालिकाका तत्कालिन प्रशासकिय अधिकृत रणजित कुमार यादवले नगरपालिकाको कार्यालय सञ्चालनको लागि सार्वजनिक खरिद (पाँचौ संशोधन) नियमावली २०७३ को नियम ९४ को उपनियम ११ बमोजिमको अधिकार तथा कबुलियतनामाका आधारमा २०७६ साउनमा सम्झौता गरि लिनुभएको थियो ।टी सुरेश घर पाण्डेयका छोरा सुनिल पाण्डेयले नगरपालिकाले घर बहालमा लिँदा गरेको सम्झौता विपरित एक्कासी घर छाडेको तथा सम्झौता विपरितका कुनै पनि बहाल नबुझाएको वताउनुहुदै विगत सात महिनादेखि सम्झौता कार्यान्वयनको लागि दौडधुप गरिरहेको वताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरपालिकाले घर छाडेर अन्यत्र गएकोमा कुनै समस्या छैन तर घर वहाल, विजुली वत्तीको महसुल तथा घरको मरम्मत गरिदिए हुन्थ्यो नि ।’ पाण्डेयका अनुसार नगरपालिका कार्यालयले एक महिनाको घर बहाल र विद्युत महसुलसमेत नतिरी अन्यत्र सरेको हो ।अनुसार घर बहाल, विद्युत महसुल, तथा घरको मरम्मत गरिदिन पटक पटक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादवलाई भने पनि वास्ता नगरेको कारणले आफु जिल्ला प्रशासन कार्यालयदेखि लिएर सञ्चारकर्मीसम्म धाउनु परेको गुनासो गर्नुभयो ।
घर बहाल सम्झौताको बुदाँ नं. ३ मा स्पष्ट रुपमा कार्यालयले घर उपयोग गरेको अवधि भरको बिजुली तथा अन्य शुल्क स्वयम् बेर्होनुपर्ने उल्लेख गरिएको भएपनि सो विपरित नगरपालिकाले सो नतिरेको जानकारी दिनुहुदै घरबेटी पाण्डेयले भन्नुभयो, ‘सम्झौतामा कार्यालयले घर छाड्न चाहेमा तीन महिनाको अग्रिम सूचना लिखित रूपमा घरधनीलाई दिनुपर्ने उल्लेख भएपनि नगरपालिका कार्यालयले साउन महिनामा घर छोड्दा सम्झौताअनुसार आफूहरूलाई कुनै जानकारी नै गराएको छैन ।’
त्यसैगरी सम्झौताको बुँदा नं.७ मा कार्यालयले घर छाडदा पूर्ववत अवस्थामा ल्याई छाडनुपर्ने उल्लेख भएपनि कार्यालयले कार्य सञ्चालनको क्रममा घरको छतलाई फुटाई वाईफाई टावर झिकेर लगेपनि त्यसको मरम्मत नगरेको वताउनुहुदै उहाँले पटक पटक नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई न्यायको लागि पहल गरेपनि नभएपछि सञ्चारकर्मीलाई गुहारेको बताउनुभयो ।हाल सम्झौता गरेका प्रशासकिय अधिकृत आफै नगरपालिकाको प्रमुखमा रहेपनि समस्या समाधान गर्नुको साटो धाक, धम्की दिने गरेको तथा आफुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा असोज १९ गते नै लिखित रुपमा जानकारी गराएर अहिलेसम्म दर्जनौपल्ट समस्या समाधानको पहल गरिदिनको लागि पुगेपनि चासो नदिएको गुनासो गर्नुभयो ।
विगतमा घर वहाल कर विना निवेदन नै प्राप्त हुने गरेकोमा यसपालि नगरपालिकालाई पनि लिखित रुपमै सम्झौता अनुसारको कार्यान्वयनको लागि निवेदन दिँदा निवेदन समेत दर्ता नगरेको पाण्डेयले गुनासो गर्नुभयो ।यस सम्बन्धमा मनरासिश्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादवलाई सोध्दा उहाँले नगरपालिकाको कार्यालयमा आएर समस्या समाधान गर्नुको साटो घरबेटी बाहिर बाहिर हिडनुभएको प्रतिक्रिया दिनुहुदै सम्झौता कार्यान्वयनको लागि आफु तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाका नगरप्रमुखसंग समन्वय गरेर समस्या समान गर्न घरबेटीलाई आग्रह समेत गर्नुभयो ।नगरपमेयर संजयकुमार सिंहले घरभाडा लिने सम्झौता आफु निर्वाचित आउनुभन्दा अगाडी नै प्रशासकीय अधिकृतले गरेको हुँदा यसबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिनुहुदै नगरपालिकाले तयार गरेको भवनमा कार्यालय सरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic