विसुन देव सरदार सिरहा टाइम्स / लहान फाल्गुन १७ गते सोमबार। सिरहाको बरियारपट्टी गाउँपालिकामा १ दिने घरबारी पोषण बगैंचा कार्यक्रम हिजो आइतबार श्री बराको दलित आ. वि. शेरपुरमा सम्पन्न गरेको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार योजना क्लष्टर इकाई राजविराज , सप्तरीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ। साथै उक्त कार्यक्रममा करिब ३ दर्जन सहभागिहरु सहभागीता रहेको स्थानीय संतोष यादवले बताए । कार्यक्रम कृषि , पशुपंछी , खाद्यान्न तथा पोषण सुरक्षा सुधार बारे भएको थियोे । गुणस्तरीयतामा जोड दिनुका साथै गुणस्तरमा छुट्टै यामुल परिवर्तन यस कार्यक्रमको उदेश्य रहेको प्रशिक्षकले भनेका थिए।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved