Siraha Times
ताजा समाचार

महोत्तरीमा लागुऔषधसहित एक युवक प्रहरी नियन्त्रणमा

  • फागुन १६, २०७७
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी, फागुन १६ गते । महोत्तरीमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ का २७ वर्षीय प्रबेज मंसुरीलाई पक्राउ गरिएको हो । मंसुरीलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरीको टोलीले सम्सी गाउँपालिका वडा नं. ६ बाट एक्झिप्लाँन सय एमएलको ५ थान, नाईट्राभेट दुई पत्ता ३० ट्याब्लेट र एसपासमो प्रोक्सीभोन प्लस दुई पत्ता १६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको महोत्तरीको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंसुरीलाई प्रहरी नियन्त्रणमा लिई लागुऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१