महोत्तरीमा लागुऔषधसहित एक युवक प्रहरी नियन्त्रणमा

  • फागुन १६, २०७७
  • ९१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी, फागुन १६ गते । महोत्तरीमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ का २७ वर्षीय प्रबेज मंसुरीलाई पक्राउ गरिएको हो । मंसुरीलाई प्रहरी चौकी सम्सीबाट गस्तीमा खटेको प्रहरीको टोलीले सम्सी गाउँपालिका वडा नं. ६ बाट एक्झिप्लाँन सय एमएलको ५ थान, नाईट्राभेट दुई पत्ता ३० ट्याब्लेट र एसपासमो प्रोक्सीभोन प्लस दुई पत्ता १६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको महोत्तरीको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मंसुरीलाई प्रहरी नियन्त्रणमा लिई लागुऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१