Siraha Times
ताजा समाचार

सिरहा नगरपालिकामा दोस्रो मेयर गोल्डकप खेल समुदघाटन समारोह सम्पन्न

  • फागुन १६, २०७७
  • १६४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान / आइतबार फाल्गुन १६ गते। सिरहा नगरपालिकाले हिजो दोस्रो मेयर गोल्डकप खेलको समुदघाटन समारोह सम्पन्न गरेको छ। सिरहा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघको आयोजनामा उक्त गोल्डकप भएको हो। नगर प्रमुख अशेश्वर यादव नगरक्षेत्र भित्र खेलकुदको विकास गर्दै खेलाडीको विकास गर्ने बताएका थिए। प्रत्येक वडामा फुटबल , भलिबल , क्रिकेट क्लबहरु गरिने साथै युवाहरुलाई दुर्व्यसनबाट मुक्त गर्न खेलकुद संग जोडने नगरपालिकाकोविशेष पहल रहेको नगर प्रमुख यादवको भनाइ रहेको छ। खेल २०७७ फाल्गुन ११ गते देखि फाल्गुन २२ सम्म सञ्चालनमा हुनेछ त्यसतै जसपा नेता किशोरी यादव , सिरहा नगरपालिका ११ का अध्यक्ष विनोद कुमार कामती लगायतका सहभागीता रहेको सुरेश चौरवारले बताए। यो सँगै खेलको प्ले अफ दि म्याच चर्च ब्याजका सुनिल खड्का घोषित भएका थिए। खड्कालाई मेयर यादवले नगद २ हजार रकम सहित प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरेका थिए। त्यसैगरी आज मकवानपुर विरुद्ध कलकत्ता फुटबल एकेडेमी भारतबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१