ताजा समाचार

३४ दिन देखी विद्यालयमा तालाबन्दी सम्बन्धित निकाय कानमा तेल हाली सुत्दै

  • फागुन १५, २०७७
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , १५ फाल्गुन । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालय अहिले ३४ दिन देखि तालाबन्दीको कारणले पुर्ण रुपमा थप हुँदा पनि अहिलेसम्म कुनै निकायको ध्यानाकर्षण भएको छैन । साथै कानमा तेल हालेर सुतेका छन। करोना भाइरसको कारणले गत साल चैत महिना देखी नै बंद अवस्थामा रहेको यो विद्यालय ११ महिना बितिसक्दा पनि बंद अवस्थामा रहेको छ। अप्पन बेल्ही युवा क्लबले विभिन्न किसिमका कार्यक्रमहरु मार्फत विद्यार्थीहरुलाई विद्यालयसम्म जोडने अनगिन्ती प्रयास गर्दा शिक्षा संग सम्बन्धित निकाय र स्थानीय सरकार पुर्ण रुपमा गम्भीर छैन । यस विद्यालयमा खासगरी गरिब , दलित विपन्न वर्ग तथा दलित बस्तीका विद्यार्थीहरु बढी पढन आउँछन ।

तर अहिले तिनीहरू विद्यालयमा महिनौ देखी लागेको तालाबन्दीका कारण अब ती बालबालिकाहरुको मष्तिष्कमा "हाम्रो विद्यालय कहिल्यै खुल्दैन्न " भन्ने सोचका विकास भएका छन। अहिले पनि बालबालिकाहरु विद्यालयमा आउँछन र विद्यालयमा तालाबन्दी र शिक्षक अनुपस्थित देख्दा निराश भएर घर फर्किन्छ। अति गरिब र विपन्न समुदायका अभिभावकहरु यहाँको खराब राजनीतिको कारण यी सबै सहदै आइरहेका छन। अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले गाउँपालिका अध्यक्ष , आर . पि . , वडा अध्यक्ष सँग प्रामर्श गर्दा पनि गंम्भिरतापुर्वक नलिएको र यहाँको विद्यालय र बालबालिकाको भविष्य नै धरापमा पार्ने संकेत गर्दै छ। ७ वर्षदेखी अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नहुनु र आधारभूत विद्यालयमा केवल २ वटा शिक्षक हुनु पनि स्थानीय निकायको ठुलो लापरबाही हो। साथै अप्पन बेल्ही युवा क्लबले आफ्नो जिम्मेवारी सदैव इमानदारी पुर्वक निर्वाह गर्ने अध्यक्ष रोशन यादवको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको सुखीपुरबाट ५ ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्र ...

लहानका नगर प्रमुख मह ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले एकै दिन तीन म ...

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤