Siraha Times
ताजा समाचार

चैत्र २२ देखि महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट हुँदै

  • फागुन १५, २०७७
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभम सिंह राजपुत ,महोत्तरी महोत्तरी जिल्लामा स्वर्गीय विशाल गुप्ता एवम् कुन्दन सिंह मेमोरियल(स्मृति)जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक महोत्तरी जिल्ला क्रिकेट संघले शनिबार जलेश्वरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । एकदिवसीय ढाँचामा हुने प्रतियोगिताका लागि आयोजकले फागुन २० देखि चैत्र १० गतेसम्म सहभागी हुन् पालिकाले दर्ता गरिसक्नु पर्ने बताएको छ । जलेश्वर रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार प्राप्त गर्दा उप – विजेता टोलीले ५१ हजार प्राप्त गर्नेछ । यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार , उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १०-१० हजार प्राप्त गर्दा उदायमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले २५ सय प्राप्त गर्ने आयोजक महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका रोशन सिंहले जानकारी गराए । यस प्रतियोगितामा महोत्तरी जिल्लामा रहेका कुल १५ वटै नगरपालिका तथा गाउँपालिका लाई समावेश गराई स्थानिय स्तरबाट नयाँ उर्जावान तथा गुणवान खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतियोगिताले लक्ष्य राखेको छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१