विसुन देव सरदार आज सिरहा लहान / १५ फाल्गुन । आज सिरहाको लहान नगरपालिकामा जनमत पार्टीको प्रथम वडा अधिवेशन शिवनाथ साहको अध्यक्षता तथा जनमत पार्टीका वरिष्ठ युवा नेता बालेश्वर यादवको प्रमुख अतिथिवमा सम्पन्न भएको छ। जनमत संघ लहानका संयोजक राजाराम महतो उपस्थिति रहेका थिए। त्यसैगरी आज जनमत पार्टीमा सैयौको सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम भएको छ। विभिन्न पार्टीका कार्यकर्ताहरुले आज जनमत पार्टीमा प्रवेश भएका छन। साथै लहान नगरपालिकाका युवा नेता संघका युवा राजा सिंह द्वारा लहान वडा नम्बर १ बाट मधेसी फोरमका युवा नेता रामअपतार दासले जनमत पार्टी प्रवेश गरेका छन। त्यसैगरी लहान २१ बाट हरि चौधरी , लहान १ मा रहेको स्थानीय युवाहरु सुमन सिंह , राकेश साह लगायतकाले जनमत पार्टी प्रवेश गरेका छन। लहान २२ का जनमत अध्यक्ष दिपक यादव लगायत स्थानीय युवा विद्यार्थी , किसान , महिला , बुद्धिजीवी उपस्थिति रहेको नेता बालेश्वर यादवले बताए ।





प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved