विसुन देव सरदार रेडियो सौगात लहान , १३ फाल्गुन । पुर्व पश्चिम राजमार्ग देखी लहान र ठाडी बिचमा अवस्थित महेशवारी चौकमा सखुवान्नकारकट्टी तेस्रो झण्डा मेला महोत्सव लाग्ने पालिकाका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । १० दिने महोत्सव अन्तर्गत फाल्गुन १५ गते शनिबार देखी शुभारम्भ भई फाल्गुन २४ गते सोमबार सम्म हुनेछ । "कला संस्कृति हाम्रो स्वभिमान , समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान।" नाराका साथ उक्त महोत्सव आयोजना गरिएको हो। त्यसैगरी महोत्सवमा बुद्धिजीवी , व्यापारी , नागरिक समाज ,समाजसेवी , पत्रकार , विविन्न संघसंस्थाका प्रतिनिधि लगायत दाजुभाइ तथा दिदीबहिनी उपस्थिति रहनेछ । हजारौंको संख्यामा कलश यात्रा तथा हेलिकप्टरबाट पुष्पवृष्टि , स्थानीय भेषभुषा तथा प्रम्परा झल्किने झाँकी प्रदशर्न । व्यापार , व्यवसाय प्रवर्द्धन , शिक्षा , स्वास्थय कृषि र विभिन्न साँस्कृति प्रवर्द्धन गर्न गा. पा. अध्यक्ष यादवले प्रष्टयाएका छन। कृषि उपज , खाद्यान्न , घरेलुु प्रयोजनका सामाग्री तथा १०० वटा जति स्टलहरु रहनेछ यादवले बताए । महोत्सवमा कृषिलाई प्राथमिकता दिन बालविवाह , दाईजो प्रथा , लैङ्गिक हिँसा न्युनिकरण गर्ने उदेश्यका साथ उक्त महोत्सव आयोजना गरिएको यादवले बताए । महोत्सव उदघाटन गर्न पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल जानकारी समेत दिईएका छन। छिमेकी पालिकाहरुले समेत महोत्सवमा हुने प्रदशर्नहरुमा लाभ भईरहेकोले महोत्सवको उदेश्य समृद्धि विकास शिक्षा र स्वास्थ्य चेतनाको लागि पनि उपयुुक्त रहेको यादवले बताए । आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको विशेष अतिथ्वमा कार्यक्रम सम्पन्न भएको स्थानीय युवा गुरुदेव यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic