Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टी गाउँपालिका तेस्रो झण्डा मेला महोत्सवको तयारीमा

  • फागुन १३, २०७७
  • १७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , १३ फाल्गुन । पुर्व पश्चिम राजमार्ग देखी लहान र ठाडी बिचमा अवस्थित महेशवारी चौकमा सखुवान्नकारकट्टी तेस्रो झण्डा मेला महोत्सव लाग्ने पालिकाका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । १० दिने महोत्सव अन्तर्गत फाल्गुन १५ गते शनिबार देखी शुभारम्भ भई फाल्गुन २४ गते सोमबार सम्म हुनेछ । "कला संस्कृति हाम्रो स्वभिमान , समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान।" नाराका साथ उक्त महोत्सव आयोजना गरिएको हो। त्यसैगरी महोत्सवमा बुद्धिजीवी , व्यापारी , नागरिक समाज ,समाजसेवी , पत्रकार , विविन्न संघसंस्थाका प्रतिनिधि लगायत दाजुभाइ तथा दिदीबहिनी उपस्थिति रहनेछ । हजारौंको संख्यामा कलश यात्रा तथा हेलिकप्टरबाट पुष्पवृष्टि , स्थानीय भेषभुषा तथा प्रम्परा झल्किने झाँकी प्रदशर्न । व्यापार , व्यवसाय प्रवर्द्धन , शिक्षा , स्वास्थय कृषि र विभिन्न साँस्कृति प्रवर्द्धन गर्न गा. पा. अध्यक्ष यादवले प्रष्टयाएका छन। कृषि उपज , खाद्यान्न , घरेलुु प्रयोजनका सामाग्री तथा १०० वटा जति स्टलहरु रहनेछ यादवले बताए । महोत्सवमा कृषिलाई प्राथमिकता दिन बालविवाह , दाईजो प्रथा , लैङ्गिक हिँसा न्युनिकरण गर्ने उदेश्यका साथ उक्त महोत्सव आयोजना गरिएको यादवले बताए । महोत्सव उदघाटन गर्न पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल जानकारी समेत दिईएका छन। छिमेकी पालिकाहरुले समेत महोत्सवमा हुने प्रदशर्नहरुमा लाभ भईरहेकोले महोत्सवको उदेश्य समृद्धि विकास शिक्षा र स्वास्थ्य चेतनाको लागि पनि उपयुुक्त रहेको यादवले बताए । आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको विशेष अतिथ्वमा कार्यक्रम सम्पन्न भएको स्थानीय युवा गुरुदेव यादवले बताए ।received_4036504386368414

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१