नवसंग्राम दैनिक लहान, १३ फागुन । जनता समाजवादी पार्टी नेपाल(जसपा) लहानले संसद पुनस्र्थापनाको खुशीमा दीप प्रज्वलन गरेको छ । योसँगै लहान २४ नम्बर वडाले अलगै गोविन्दपुरमा दीप प्रज्वलन गरेको छ । त्यसैगरी सिरहाको गोलबजारमा जसपा नेपालले सर्वोच्च अदालतको फैसलालाई सकारात्मक भन्दै दीप प्रज्जवलन तथा खबरदारी गरेको छ ।
जसपा नेपालले पूर्व–पश्चिम लोकमार्गको गोलचक्र नजिकै दीप प्रज्वलन तथा खबरदारी गरेका छन् । जसपा नेपालका नेता कार्यकर्ताहरुले दीप प्रज्जवलन तथा खबरदारी लेखेको प्लेकार्ड लिई दीप प्रज्जवलन गरेका छन् । दीप प्रज्वलन तथा खबरदारी कार्यक्रममा जसपा नेपाल लहान नगर समितिका अध्यक्ष दिनेश महतोका नेतृत्वमा सो कार्यक्रम गरेको छ भने लहान २४ मा अर्का जसपा नगर अध्यक्ष बलिराम यादवका नेतृत्वमा सो कार्यक्रम गरेको जानकारीमा आएको छ ।
त्यसैगरी गोलबजारमा केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायण यादवले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई साकारात्मक भन्दै खडगप्रसादले अझ षड्यन्त्र गर्न बाँकी नै रहेकोले जनतालाई सचेत र खबरदारी गर्नु परेको बताए । संविधानमा सबै समुदायको अपनत्व नरहेकोले सबै समुदायको अपनत्व हुने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे । जनता समाजवादी पार्टी मात्र विकल्पकोे शक्ति रहेको बताए । सर्वोच्च अदालतले प्रतिगमनलाई झापड हान्दैै संविधानको रक्षा गरेको भन्दै स्वागत गरे । योसँगै सिरहाको मिर्चैया, चोहर्वा, सिरहा, सुखीपुरलगायतको ठाउँमा दीप प्रज्वलन गरी कार्यक्रम गरेको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic