कल्याणपुर न.पा. १० कोवडा कार्यालयकोभवन का.वा.मेयर रोहिणि यादवद्धारा शिलान्यास

  • फागुन १२, २०७७
  • १११२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷फाल्गुण १२ गते,
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १० स्थित एक कार्यक्रम आयोजना गरि चारकोठे भवनको लागि कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रोहिणि कुमारी यादवले शिलान्यास गरेकि छिन । कल्याणपुरर नगरपालिका वडा नम्बर १० मा वडा कार्यालय भाडामा रहि जनसमुदायको दैनिकीरुपमा सेवा प्रवाह गरिदै आईरहेको थियो । देश संघियतामा रुपान्तरण पछि धेरै ठाउँमा भौीतक संरचनाको अभाव भएको समयमा कल्याणपुर नगरपालिका वडा नम्बर १० को आफनै कार्याँलय नभएको अवस्थामा चारकोठे भवना निर्माण गर्न लागिएको हो । कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रोहिणीका अनुसार नगरपालिका भिञ भौतिक संरचनाको अभाव भैरहेको समयमा आफुलगायत जनप्रतिनिधीहरु भैतिक संरचनामा समन्वय गरेर नगरपालिका भित्र भौतिक संरचनामा मेरो प्राथमिकता रहेको बताएकी छिन । कार्यवाहक मेयर रोहिणि यादवले आफनो कार्यकाल सम्ममा जनसमुदायको सेवा सुविधा सम्मपन्न नगरपालिका भित्रका वडा कार्यालय र स्वास्थ्य चौकी लगायतको भौतिक निमार्ण पहिलो प्राथमिकता राखेकोसमेत बताउनु भयो  । प्राथमिकताकै आधारमा आज कल्याणपुर नगरपालिका वडा नम्बर १० मा भवनको शिलान्यास गरिएको समेत बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष धनविर मण्डलले समेत सहभागितामा संयुक्तरुपमा वडा कार्यालयको शिलान्यास गरिएको हो । शिलान्यास कार्याक्रममा वडा का भद्र भलादमि, वुद्धिजिविहरुको समेत उल्लेख्यरुपमा सहभागिता रहेको थियो । कल्याणपुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको भवन २० लाख नब्बे हजारमा निमार्णहुने वडा अध्यक्ष धनविर मण्डलले जानकारि दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१